शनिबार, वैशाख ८, २०८१

तरकारी बोकेको भ्यान दुर्घटना: एकको मृत्यु, ६ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत- सल्यानमामा तरकारी बोकेको पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा कपुरकोट गाउँपालिका वडा नं ४  किमुचौरकी ६७ वर्षीया कर्नी पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पुनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा शुक्रवार बिहान २ बजेतिर मृत्यु भएको हो ।

त्यस्तै घाइतेहरुको अवस्था पनि गम्भीर रहेको प्रहरीको भनाई छ । घाइते हुनेहरुमा कपुरकोट ४ किमुचौरकै ६८ महिनी पुन, ५३ वर्षीय लोकबहादुर घर्ती, ५३ वर्षकै टिकाराम घर्ती, २४ वर्षीया कृष्णा घर्ती, ४३ बर्षीय  तिलक पुन र ३७ बर्षीय  देबबहादुर पुन रहेका छन् । 

घाइते सबैको प्रादेशिक अस्पताल तुलसीपुरस्थितमा उपचार भइरहेको छ ।

सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले किमुचौरबाट तरकारी लिएर कपुरकोटतर्फ आउँदै गरेको लु १ च ४१५३ नम्बरको पिकअप भन्यान शुक्रबार बिहान एक बजे किमुचौरमा दुर्घटना भएको थियो ।

आज कपुरकोटमा लाग्ने हाटबजारको लागि उनीहरु पिकपमा तरकारी लोड गरेर राति नै हिडेका थिए ।

गाडी सडकदेखि सय मिटर तल खसेको छ भने चालक र सहचालकलाई प्रहरीको नियन्त्रणमा लिएको डिएसपी खतिवडाले बताए । घटनाको बारेमा अनुसन्धान भैरहेको उनको भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।