बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • काम नगर्ने मन्‍त्रीलाई हटाउने प्रधानमन्‍त्रीको चेतावनी 

काम नगर्ने मन्‍त्रीलाई हटाउने प्रधानमन्‍त्रीको चेतावनी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।

नागरिक दैनिकले राष्ट्रिय गौरवका आयोजनाको काममा आलटाल गर्ने मन्त्रीलाई प्रधानमन्त्रीले हटाउने भनि दिएको चेतावनीलाई मुख्य समाचार बनाएको छ ।
 
प्रधानमन्त्री ओलीले बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साउनयता सरकारका विभिन्न मन्त्रालयबाट भएका कामको प्रगतिविवरण जानकारी लिने क्रममा योजनाअनुसार काम नगर्ने/नगराउने मन्त्रीहरूलाई हटाउने चेतावनी दिएका हुन्।

अहिलेसम्म आधार वर्ष भनेर जोगिए पनि अब काम नगर्ने मन्त्रीहरुलाई आफूले जोगाउन नसक्ने चेतावनी प्रधानमन्त्रीले दिएका छन् ।

यस्तै नागरिकले विद्यालय क्षेत्र विकास कार्यक्रमः लक्ष्य र संरचनामा मेल खाएन शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ।

केन्द्र सरकारलाई आधार मानेर कार्यान्व्यनमा ल्याइएको सातवर्षे विद्यालय क्षेत्र विकास कार्यक्रमले हालको परिवेशमा तोकिएको लक्ष्य हासिल गर्न नसक्ने एक प्रतिवेदनले औल्याएको समाचारमा उल्लेख छ ।

यस्तै संयुक्त राष्ट्रसंघको महासभामा भूपरिवेष्ठित मुलुकले समुन्द्रसम्म निर्वाध पहुँचको माग गरेको विषय र दसैंका लागि घर फर्किनेहरुलाई भारतीय सिमानाकामा सास्ती दिने गरेको विषयलाई पनि नागरिकले महत्वका साथ छापेको छ ।
 
आजको अन्नपूर्ण पोस्ट्ले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भाइचारा बनेसँगै अमेरिकी रादुत सक्रिय बनेको विषयलाई मुख्य समाचार बनाएको छ।

उनले एकै दिन कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका विदेश विभाग प्रमुख माधव नेपाललाई भेटेका छन् ।
 
यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वका गल्तीको जिम्मा मै लिन्छु भनि बताएको विषयलाई अन्नपूर्णले महत्वका साथ छापेको छ। नेपाल वायु सेवा निगमका थन्किएका जहाजको पार्किङ शुल्क करोडौं पुगेको विषयलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ।
 
कान्तिपुरले भने काठमाडौंका सडक बालबालिको उद्धार गरिएको विषयलाई रातको अर्कै काठमाडौं शीर्षकमा मुख्य समाचार छापेको छ।

राजधानीमा करिब तीन सयको हाराहारीमा सडक बालबालिका रहेको र त्यसको आधा संख्या बालिकाको रहेको समाचारमा उल्लेख छ ।

नेपाल वायु सेवा निगमको दिल्ली काठमाडौं उडान अनियमित हुँदा दसैंमा घर फर्किने नेपालीले सास्ती बेहोर्नु परेको विषयलाई पनि कान्तिपुरले महत्वका साथ छापेको छ।
 
आजको नयाँ पत्रिकाले भने चार वर्षदेखि सीमाभन्दा दोब्बर बजेट घाटा शीर्षकमा मुख्य समाचार छापेको छ । बजेट घाटा जिडिपीको ५ प्रतिशत भन्दा कम हुनुपर्ने मान्यता छ, तर हाम्रो देशमा चार वर्षदेखि १० प्रतिशत माथिको बजेट घाटा रहेको समाचारमा उल्लेख छ ।

काम नगर्ने मन्त्री फेर्ने प्रधानमन्त्रीको चेतावनी

नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले साना–मसिना काममा अल्झिएर राष्ट्रिय गौरवका आयोजनाहरु पूरा गर्न आलटाल गरे विभागीय मन्त्रीलाई पदबाट हटाउने चेतावनी दिएका छन्।

प्रधानमन्त्री ओलीले बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साउनयता सरकारका विभिन्न मन्त्रालयबाट भएका कामको प्रगतिविवरण जानकारी लिने क्रममा योजनाअनुसार काम नगर्ने÷नगराउने मन्त्रीहरूलाई हटाउने चेतावनी दिएका हुन्।

प्रधानमन्त्री ओलीले सामाजिक, आर्थिक विकासमा प्रभाव पार्ने गरी केही मन्त्रालयले काम गर्न नसकेको भन्दै असन्तुष्टि पनि पोखे। उनले कामको समीक्षा गर्दै देश र जनताको चाहनाअनुसार ल्याइएका योजना समयमै सम्पन्न गर्नेतिर लाग्न मन्त्रीहरूलाई निर्देशन दिए।

‘खासगरी भौतिक योजना, सहरी, सिँचाइ, खानेपानी मन्त्रालयतर्फ प्रधानमन्त्रीको असन्तुष्टि देखियो’, प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो,‘मन्त्रालयको प्रगतिविवरण सुनेपछि प्रधानमन्त्री ओलीले ५० औँ साना–मसिना काममा अल्झिने तर दुईवटा राष्ट्रिय गौरवका परियोजना सक्नेतर्फ नलाग्ने हो भने त्यो मन्त्रीले काम गर्न सक्दैन भन्ने निष्कर्ष हुन्छ, ध्यान दिनु होला।’

प्रधानमन्त्री ओलीले अन्तरमन्त्रालय र मन्त्रालयभित्रै पनि समन्वय हुन नसकेको भन्दै असन्तुष्टि पोखे।

उनले मन्त्रीहरुलाई एकले अर्कालाई दोष थोपरेर उम्कने बाटो नखोज्न चेतावनी दिँदै भने, ‘फाइलहरु छिटो–छिटो अगाडि बढाउनुस्, अन्तरमन्त्रालय समन्वय गर्नुस्, कहाँ के बिग्रेको हो त्यसलाई तुरुन्तै ध्यान दिनुुस्। अहिलेसम्म आधार वर्ष भनेर जोगिनु भएको छ। अब पनि बहानबाजी बनाएर काम नगर्ने हो भने त्यसमा पुनर्विचार गर्नेैपर्छ।’

थन्किएका जहाजको पार्किङ शुल्क कराेडौं

अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार नेपाल वायुसेवा निगमका १४ मध्ये ८ जहाज ‘ग्राउन्डेड’ छन्।

तिनको प्रयोगहीनता त छँदैछ, विमानस्थलमा थन्किएबापत तिर्नुपर्ने शुल्क निकै महँगो पर्छ। वाइडबडी जहाज थन्किँदा पार्किङ शुल्क मात्र दिनको करिब दुई लाख रुपैयाँ तिर्नुपर्छ। एक साताभन्दा लामो समयदेखि एउटा वाइडबडी विमानस्थलमा छ।

त्यसले दैनिक १६ सय ९८ अमेरिकी डलर भाडा तिर्नुपर्छ। हालको विदेशी विनिमय दर ११३ रुपैयाँअनुसार यसले दैनिक १ लाख ९१ हजार ८७४ रुपैयाँ तिर्छ।

‘विमानस्थल सेवा शुल्क विनियमावली २०६७’ अनुसार कुनै पनि जहाजलाई तीन घण्टासम्म पार्किङ निःशुल्क गरिएको छ। त्यसपछि हरेक ६ घण्टामा एक पार्किङ हुन्छ। एक दिनलाई चार पार्किङ हिसाब गरेर नागरिक उड्डयन प्राधिकरणले दैनिक पार्किङ शुल्क तोक्छ। यो जहाजको तौलअनुसार लाग्छ।

निगमसँग एक वर्षदेखि ग्राउन्डेड एउटा बोइङ छ। १९० सिट क्षमताको बी७५७ एसीबी नामको यो जहाज २०७५ मंसिरदेखि ग्राउन्डेड छ।

यसले पार्किङ शुल्क दैनिक ५५९.२० अमेरिकी डलर (६३ हजार १८९ रुपैयाँ) तिर्छ। यो मासिक करिब १८ लाख ९५ हजार हुन्छ। मंसिरयता १० महिनामा यसले १ करोड ८९ लाख ५६ हजार ८ सय ८० रुपैयाँ तिरिसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।