शनिबार, वैशाख ८, २०८१

सुजुकीको सर्भिस सेन्टर डल्लुमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्स् तथा फोर ह्विलर्स नेपालले काठमाडौंको डल्लुमा आधिकारीक सर्भिस सेन्टरको सुरुवात गरेको छ। 

सो सेन्टरको सुजुकी मोटर कर्पोरेशन जापानका प्रबन्ध अधिकारी किन्जी साइतो र सिजि होल्डिङ्स्का अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

सर्भिस सेन्टरको प्रतिमहिना २ हजार कारको सर्भिस गर्नसक्ने क्षमता रहेको छ। अत्याधुनिक सर्भिस क्षमता रहेको यस सेन्टरमा भिन्न भिन्न ११ वटा सर्भिसिङ क्षेत्रहरु रहेका छन्। सेन्टरमा सुजुकीको गाइडलाइन अनुसारका सम्पूर्ण स्पेयर्स टुलहरु उपलब्ध रहेको तथा पिक एण्ड ड्रप सिस्टम तथा मोबाइल सर्भिस भ्यानकोसमेत सुविधा रहेको सेन्टरले जनाएको छ। 

नेपालमा सुजुकीका ३७ स्थानमा सेल्स आउटलेट, ३९ स्थानमा सर्भिस सेन्टर तथा ३ सय ५० भन्दा बढी सर्टिफाइड पार्टस् आउटलेटहरु रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्