शुक्रबार, वैशाख १४, २०८१

खाद्यपूरक सामग्रीलाई औषधि भनेर बेच्दै फार्मेसी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रभावकारी अनुगमन नहुँदा नेपालमा दर्ता नै नभएका पोषण सप्लिमेन्ट (पूरक) र न्युट्रासिटिकल्सजस्ता खाद्यपूरक सामग्रीहरू औषधि भनेर फार्मेसीबाट गैरकानुनी रुपमा बिक्री भैरहेको पाइएको छ।

औषधि व्यवस्था विभागको अनुगमन प्रभावकारी नहुँदा कतिपय फार्मेसीले खाद्यपूरक सामग्रीलाई समेत औषधिका रुपमा बिक्री गर्दै आएको भेटिएको छ। बिरामीलाई गुमराहमा राखेर चिकित्सकले पनि खाद्यपूरक सामग्रीलाई औषधि भनेर सिफारिस गरिरहेको अनुसन्धानका क्रममा भेटिएको हो।

फार्मेसी क्षेत्रमा काम गर्ने तीनवटा सङ्गठन नेपाल फर्मास्युटिकल एशोसिएसन, हस्पिटल फार्मेसिस्ट एसोसिएसन अफ नेपाल र फार्मेसी एशोसिएसन अफ नेपालले संयुक्त रुपमा काठमाडौंका फार्मेसीसमेत सञ्चालित तीनवटा अस्पतालमा गरेको अनुसन्धानले त्यस्तो भेटिएको हो।

‘चिकित्सकले चेकजाँच गरेका बिरामीमध्ये करिव ८० प्रतिशत बढीलाई औषधि भनेर खाद्यपूरक सामाग्री सिफारिस गरेको भेटियो’, अनुसन्धानमा संलग्न नेपाल फर्मास्युटिकल एसोसिएसनका सल्लाहकार डाक्टर विवेकसिंह महतले भने, ‘यतिसम्म कि बाख्राको दूधको धुलो र क्याम्बेरी फलको बोक्राको धुलो पनि औषधिको रुपमा सिफारिस गरेको पाइयो।’

नेपालमा बिक्री वितरण भैरहेका ८० प्रतिशत भन्दा बढी पोषण सप्लिमेन्ट र न्युट्रासिटिकल्स दर्ता नै नभएको र नेपालमै बिक्री मूल्य तोकेर बिरामीबाट अत्यधिक मूल्य असुल गर्ने काम भैरहेको महतले बताए।

उनका अनुसार भारतमा औषधिको रुपमा प्रतिबन्धित २९ प्रकारका पोषण सप्लिमेन्ट र न्युट्रासिटिकल्स पनि नेपालका औषधि पसलमा खुलेआम बिक्री वितरण भैरहेका छन्। जसको बजार मूल्य पाँच गुणा भन्दा बढी राखिएको छ। न्युट्रासिटिकल्स जस्ता खाद्यपूरक सामग्री खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ।  

जबकि औषधि व्यवस्था विभागमा दर्ता भएको औषधिहरू मात्र फार्मेसीबाट बिक्री बितरण गर्नुपर्ने व्यवस्था छ। पोषण सप्लिमेन्ट र न्युट्रासिटिकल्सहरु औषधि व्यवस्था विभागमा अहिलेसम्म दर्ता नभएको पाइएको छ।

औषधि ऐन, २०३५ को दफा १० बमोजिम औषधि बिक्री वितरण गर्न अनुमति लिएका थोक तथा खुद्रा बिक्रेताहरूलाई दर्ता भएका औषधि मात्रै बिक्री वितरण गर्न विभागले सूचना जारी गरेको भए पनि त्यो प्रभावकारी देखिदैन।

पोषणविद् डाक्टर अरुणा उप्रेती चिकित्सकले मोटो कमिसन पाउने भएकाले खाद्यपूरक औषधिहरू सिफारिस गर्ने गरेको आरोप लगाउँछन्। ‘चिकित्सकले औषधिका नाममा खाद्यपूरक सामग्री सिफारिस गर्नुभन्दा पनि यो खाद्यान्नबाट यस्तो यस्तो भिटामिन, प्रोटिन पाईन्छ भनेर बुझाउनुपर्छ’, उप्रेतीले भनिन्, ‘केही चिकित्सक, औषधि व्यवसायीहरूले बिरामीको अज्ञानताको फाइदा उठाएर अनावश्यक सामग्री भिडाउने गरेका छन्।’

नेपाल फार्मेसी संघका महासचिव युवराज भुषालले नियमनकारी निकायबाट प्रमाणित भएका खाद्यपूरक औषधिहरू मात्रै बिक्री गरीनुपर्ने बताउछन्। बिरामीलाई गुमराहमा पार्न नहुने भन्दै उनले औषधिको रुपमा केही डाक्टरहरूले खाद्यपूरक सामाग्री सिफारिस गरिरहेका र त्यो खाएपछि खाएपछि फाइदा हुने र नहुने कुनै ग्यारेन्टी नभएको बताए।

नेपाल औषधि व्यवसायी महासङ्घ काठमाडौँका महासचिव शुभमान श्रेष्ठ चिकित्सकले लेखेको कुरा आफूहरुले दिनै पर्ने भएकाले व्यवसायीहरु पिल्सिएको बताउँछन्। नियमनकारी निकाय बलियो नहुँदा सम्म यसको पूर्णरुपमा अन्यत्य गर्न असम्भव हरेको उनी बताउछन्।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले कतिपय अवस्थामा न्यूट्रासिटिकल्स र पोषण सप्लिमेन्टहरु आवश्यक पर्ने भए पनि जथाभावी बेच्न नहुने बताउँछन्। ‘खाद्यपुरक सामग्री पनि आवश्यक पर्ने हुन्छ तर जथाभावी बेच्न हुँदैन’ ढकालले भने, ‘यति बेचिएको पाइएमा कानुन बमोजिम कार्वाही गछौँ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।