बिहीबार, वैशाख १३, २०८१

कांग्रेसको विरोध कार्यक्रममा कुटाकुट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रमको अन्तिम दिन सप्तरीको राजविराजमा कुटाकुट भएको छ।

सरकारविरुद्धको विरोध प्रदर्शनपछि आयोजना गरिएको कोणसभामा कांग्रेस कार्यकर्ताहरु बीच कुटाकुट भएको हो। 

कोणसभामा मर्यादाक्रमको लागि विवाद भएपछि कुटाकुटको अवस्था सिर्जना भएको बताइएको छ। असन्तुष्ट पक्षले सप्तरीका जिल्ला सभापति दिनेश यादवलगायतका नेताहरु कुटपिटमा उत्रेको आरोप लगाएका छन्।

सांसद तेजुलाल चौधरी, सांसद नमिता चौधरी, पूर्वसभासद रंजीत कर्णलगायतका नेताहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘कार्यक्रमको उद्घाटन सत्रमा मर्यादाक्रमलाई समेत ध्यान नदिइँदा जिल्ला सभापतिलगायतका व्यक्तिहरुले मञ्चमै हातपात गर्नु, मञ्चबाट धक्का दिँदै तल झार्नु जस्तो व्यवहारको हामी निन्दा गर्छौ।’

मञ्चमै एकअर्काबीच कुटाकुट भएपछि सांसद चौधरीद्वय, पूर्वसांसद कर्णलगायतका नेताहरु कार्यक्रम बहिष्कार गरेर हिँडेका थिए। राजविराजस्थित एक विद्यालयमा आयोजना गरिएको कार्यक्रम बहिष्कार गरेर उनीहरुले शहीददर्शनचोक पुगेर वर्तमान सरकारविरुद्ध कोणसभा गरेका थिए।

ती नेताहरुले जारी गरेको विज्ञप्तिमा जिल्ला सभापति यादवलाई पार्टीको साधारण सदस्यबाटसमेत निष्कासन गर्न माग गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।