बिहीबार, वैशाख १३, २०८१

रुट परमिट बिना नै एक साता चल्दै सार्वजनिक यातायात 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - दसैंलाई मध्यनजर गर्दै यातायात व्यवस्था विभागले एक साता रुट परमिटविना नै सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने भएको छ। दसैंमा यात्रुको आवतजावतलाई ध्यान दिँदै विभागले असोज १२ देखि १९ गतेसम्म रुट परमिट विना नै सवारी सञ्चालन गर्न दिने व्यवस्था गरेको हो।

विभागका महानिर्देशक गोगनबहादुर हमालले दसैंमा सवारी साधन र यात्रुको चापलाई ध्यान दिँदै एक सातासम्म सार्वजनिक यातायात रुट परमिटविना नै सञ्चालन हुन पाउने व्यवस्था गरेको जानकारी दिए। यो व्यवस्था लागू भएपछि कालो नम्बरप्लेट भएका सबै सवारी साधनले जुनसुकै स्थानमा पनि जान पाउने भएको उनले बताए।
 
यो व्यवस्थाले धेरै यात्रु पाइने तराई क्षेत्र र कम यात्रु पाइने पहाडी क्षेत्र सबैतिरका यात्रुलाई एकनासले यातायात सेवामा पहुँच पुग्ने विश्वास हमालले व्यक्त गरे।  ‘यात्रुको चाप र सवारी साधनको अवस्थालाई हेरेर १९ गतेपछि पनि फ्रि रुट परमिटको व्यवस्था गर्न सकिने छ’, हमालले भने। 

साथै हमालले १२ देखि १९ गतेसम्म काठमाडौं भित्रिने मल्टि एक्सेल (१४ चक्केभन्दा ठूला) सवारी साधन प्रवेशमा रोक लगाइएको जानकारी दिए। काठमाडौं भित्रिने त्यस्ता सवारी साधनलाई चितवनको नारायणगढमा पार्किङ गरी राख्नुपर्ने र १९ गतेपछि मात्र सञ्चालन गर्न पाउने गरी प्रदेश ३ का सम्बन्धित ट्राफिक प्रहरी कार्यालयलाई परिपत्र गरिएको विभागले जानकारी दिएको छ। दसैंको समयमा उपत्यकाबाट २० लाख बढी यात्रु बाहिरिने विभागको आँकलन छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।