बिहीबार, वैशाख १३, २०८१

नेमकिपाको अध्यक्षमा फेरि बिजुक्छे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा पुनः नारायणमान बिजुक्छे चयन भएका छन्।

विगत ४४ वर्षदेखि नेमकिपाको नेतृत्व सम्हाल्दै आएका बिजुक्छे सोमबार सम्पन्न नेमकिपाको सातौं महाधिवेशनबाट फेरि अध्यक्षमा चयन भएका हुन्।

केही दशक यता भक्तपुर जिल्लामा मात्र सीमित जस्तो देखिएको नेमकिपाका तर्फबाट प्रतिनिधि सभामा एक जना मात्र सांसद छन्।

सातौं महाधिवेशनबाट ६ सदस्यीय कार्यसमिति पनि चयन गरिएको छ। 

कार्यसमितिमा सांसद प्रेम सुवाल, सुनील प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जबहादुर शाही छन्।

यसैगरी केन्द्रीय सदस्यहरुमा सनकमान महर्जन, नन्दबहादुर शाही,  बजिरसिं विश्वकर्मा,  नर्मा गुरुङ,  नारायण महर्जन,  सरोजराज गोसाई,  उकेश कवां, खगेन्द्रबहादुर शाही,  कृष्णकुमार वैद्य,  अनुराधा थापा मगर छन्।

कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सिर्जना सायजु, सरोजकुमार साह पनि केन्द्रीय सदस्य भएका छन्। कृष्णबहादुर तामाङ र मुक्ति यादवलाई वैकल्पिक केन्द्रीय सदस्यमा राखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।