शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सरकारी ढुकुटी दुरुपयोग : पार्टी कार्यालय रहेको प्रतिष्ठानलाई ३० लाख

सरकारी ढुकुटी दुरुपयोग : पार्टी कार्यालय रहेको प्रतिष्ठानलाई ३० लाख

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - सत्तारुढ नेकपा केन्द्रीय कार्यालय पासाङ्ल्हामु पर्वातारोहण प्रतिष्ठानको सरकारी जग्गामा छ। नेकपाले प्रतिष्ठानको जग्गा दुरुपयोग गरेको चर्चा भइरहेका बेला सरकारले उक्त प्रतिष्ठानलाई ३० लाख रुपैयाँ अनुदान दिएको छ।

सरकारी ढुकुटीबाट पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न ३२ संस्थालाई २६ करोड ३५ लाख रुपैयाँ बाँडेको हो। यो रकम प्रधानमन्त्री केपी ओलीले मन्त्रालयको जिम्मेवारी सम्हालेका बेला दिने निर्णय भएको मन्त्रालय स्रोतले बतायो । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि केही महिना मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले नै सम्हालेका थिए ।

प्रधानमन्त्री ओलीले अधिकांश रकम नेकपा निकट संस्थालाई बाँडेका छन्। २६ करोड ३५ लाखमध्ये १६ करोड ६५ लाख नेकपा निकट संस्थालाई दिएको पाइएको छ। 

सबभन्दा बढी मोरङको मदन भण्डारी स्मृति प्रतिष्ठानलाई ५ करोड र काठमाडौंको मदन भण्डारी स्मृति फाउन्डेसनलाई ४ करोड २५ लाख रुपैयाँ दिइएको छ। मदन भण्डारीसँग सम्बन्धित यी दुई संस्थालाई मात्र सम्पूर्ण रकमको एक तिहाई प्रदान गरिएको छ।

नेकपाकै पुष्पलाल स्मृति प्रतिष्ठान (काठमाडौं) लाई दुई करोड, पुष्पलाल अध्ययन केन्द्र (कास्की) लाई एक करोड, सुखानी सहिद स्मृति प्रतिष्ठानलाई एक करोड, सहिद रामनाथ दाहाल अध्ययन तथा अनुसन्धानलाई ५० लाख, रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई एक करोड प्रदान गरिएको छ।

मनमोहन स्मृति प्रतिष्ठानलाई ५० लाख, पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानलाई १० लाख र यदु स्मृति प्रतिष्ठानलाई २५ लाख रुपैयाँ अनुदान दिइएको छ। अन्य केही नेकपा निकट संस्थाहरुलाई पनि रकम बाँडिएको छ।

यसैगरी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट गिरिजाप्रसाद कोइराला फाउन्डेसन फर डेमोक्रेसी पिस एन्ड डेभलपमेन्टलाई एक करोड, शैलजा आचार्य आदर्श समाजलाई ४० लाख, जननायक बिपी कोइराला स्मृति ट्रस्टलाई ५० लाख, बिपी संग्रहालय सुन्दरीजल काठमाडौंलाई १५ लाख, सहिद सरोज कोइराला मेमोरियल ट्रस्टलाई १५ लाख रकम प्रदान गरिएको छ।

सरकारले विभिन्न संस्थालाई आर्थिक अनुदानका नाममा राष्ट्रिय ढुकुटीबाट रकम बाँड्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।