मंगलबार, वैशाख ११, २०८१

प्रहरीभित्र अर्बौं घोटाला, अख्तियारले थाल्यो छानबिन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
 
आजको कान्तिपुर दैनिकले प्रहरी भित्र भएको अर्बौ घोटालाका विषयमा अख्तियारले कागजात नियन्त्रणमा लिएर अनुसन्धा सुरु गरेको विषयलाई मुख्य समाचार बनाएको छ ।

लत्ताकपडा, सवारीलगायत बन्दोबस्तीका सामान खरिदमा घोटाला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको हो ।

यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउनुअगावै सत्तारुढ दल नेकपामा सी विचारधाराका विषयमा छलफल थालिएको विषयलाई पनि कान्तिपुरले प्राथमिकताका साथ छापेको छ ।

अन्नपूर्ण पोस्ट्ले रातभर लाइनमा बसेर पनि दसैंका लागि यात्रुहरुले टिकट नपाएको विषयलाई मुख्य समाचार बनाएको छ । यस्तै सत्तारुढ नेकपाका २९ जना मेयरहरु चीनमा पढिराखेको विषयलाई पनि अन्नपूर्णले महत्वका साथ छापेको छ ।
 
नागरिक दैनिकले दसैं नजिकिएसँगै नौबिसे नागढुंगा सडक खण्डमा टालटुल सुरु भएको विषयलाई मुख्य समाचार बनाएको छ । यस्तै स्वास्थ्य बिमाका लागि आउने अर्बौ रुपैयाँ बर्सेनी फ्रिज हुने गरेको विषयलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ।
 
आजको नयाँ पत्रिकाले भने गत माघअघि मुगु र हुम्लामा मलेरियाको प्रकोपः चैतमा पठाइयो काठमाडौंबाट स्वास्थ्य सामग्री, असोजसम्म नेपालगन्जमै बेवारिसे शीर्षकमा मुख्य समाचार छापेको छ ।
 
मुगु र हुम्लामा गत माघमा फैलिएको औलो नियन्त्रणका लागि काठमाडौंबाट १७ चैतमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य सामग्री पठाइएको थियो  । तर, उक्त सामाग्री ६ महिनादेखि नेपालगन्जको एक होटेलमा अलपत्र फालिएका छन् । चार बोरा र दुई कार्टन स्वास्थ्य सामग्री त्यहीँ म्याद गुज्रिएर काम नलाग्ने भएको समाचारमा उल्लेख छ ।

यस्तै अनिवार्य शिक्षामै तीन लाख बालबालिका विद्यालयबाहिर रहेको विषयलाई पनि नयाँ पत्रिकाले प्राथमिकताका साथ छापेको छ। 

प्रहरी कागजात अख्तियारको नियन्त्रणमा

कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार  लत्ताकपडा, सवारीलगायत बन्दोबस्तीका सामान खरिदमा घोटाला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको छ । 

अख्तियारको विशेष टोलीले नेपाल प्रहरी मुख्यालयस्थित प्रशासन विभागअन्तर्गतका आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट विभिन्न पोसाक, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदका सक्कली कागजात लगेको हो ।

प्रहरी मुख्यालयलाई पत्र लेखेर खरिदका आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदा अटेर गरिएकाले आफैं गएर नियन्त्रणमा लिइएको अख्तियार उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार खरिद घोटालालाई लिएर २०७६ साउन २१ मा ७६/७७ सी–२५८० र साउन २६ मा सी–३३८१ दर्ता नम्बरमा दुई छुट्टाछुट्टै उजुरी परेका थिए ।

त्यसअनुसार आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ का लागि भएका पोसाक तथा सवारी खरिदसम्बन्धी कागजात नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ । प्रारम्भिक छानबिनका क्रममा प्रहरीले आर्थिक वर्ष ०७४/७५ मा गुणस्तर परीक्षण फेल भएका १५ हजार थान बुट अर्कै टेन्डरमा राखेर स्वीकार गरेको पाइएको स्रोतको दाबी छ ।

अतिविशिष्ट तथा विशिष्ट व्यक्ति (भीभीआईपी/भीआईपी) का लागि किनिएका ३० थान एस्कर्टिङ मोटरसाइकलमा पनि घोटाला भएको उजुरीमा अख्तियारले छानबिन गरिरहेको छ ।

दुई साताअघि आयोगले कागजात नियन्त्रणमा लिए पनि दुवै निकायले यसलाई गोप्य राखेका छन् । स्रोतका अनुसार अख्तियारले भदौ २० गते प्रहरी मुख्यालयबाट कागजात नियन्त्रणमा लिएको हो ।

दसैं आयाे टालटुल सुरू

नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार दसैं–तिहार नजिकिँदै आए। विभिन्न कामले राजधानी काठमाडौं बस्दै आएका मानिसलाई वर्ष दिनमा आउने पर्व मनाउन पुख्र्यौली घर फर्कन हतारो छ। 

राजधानी काठमाडौंबाट बाहिरिने र त्यहाँ छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड वर्षौंदेखि जीर्ण छ। जीर्ण सडक हरेक चाडपर्वलाई लक्षित गर्दै हतार–हतारमा टालटुल गरेर चिटिक्क बनाइन्छ, जुन धेरै समय टिक्दैन।

हतार–हतारमा यो सडक टालटुल गर्ने क्रम यस वर्ष पनि दोहोरिएको छ। बिग्रिएको यो सडक हतार–हतारमा कालोपत्रे हालेर टालटुल गरिँदैछ। 

चाँडचाँडै बिग्रिने यो सडकखण्डलाई अन्य समयमा बेवास्ता गरे पनि दसैं–तिहारका बेला भने टालटुल गरिन्छ। टालटुल गर्ने प्रचलन नौलो होइन। गत वर्ष पनि दसैं आउनुपूर्व खाल्डाखुल्डी पुरिएको थियो। यो वर्ष पनि त्यस्तै भइरहेको छ।

रातभर लाम, तर पाइएन टिकट

अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार दसैंका लागि आइतबारदेखि खोलिएको टिकट बुकिङ भद्रगोल देखिएको छ। टिकट बुकिङमा उचित प्रबन्ध मिलाउन नसक्दा मध्यरातदेखि लाइनमा बसेका यात्रुले आइतबार अबेरसम्म टिकट पाउन सकेनन्।

बुकिङका लागि यातायात व्यवसायी, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभागले समन्वय गरेका थिए। कर्णाली तथा अन्य दुर्गम भेगका बस सुनिश्चितता नहुँदा आइतबार टिकट बुकिङ हुन सकेन।

गोंगबु, कोटेश्वर, गौशाला, बल्खुलगायत टिकट काउन्टरमा मध्यरातदेखि लाइन बसेका यात्रुले साँझ ६ बजेसम्म पनि टिकट पाएनन्। टिकट बिहान ६ बजेदेखि वितरण सुरु गरिएको थियो।

टिकट लिन महिला, पुरुष, ज्येष्ठ नागरिक, शारीरिक अशक्तता भएकाको छुट्टाछुट्टै लाइन नराख्दा समस्या आएको हो। सवारी साधनको स्तरअनुसार डिलक्स, सुपर डिलक्स, साधारण वर्गीकरण नगरिँदा पनि यात्रु अलमलमा परेका हुन्। दसैं मनाउन उपत्यकाबाट करिब ३० लाख यात्रु गाउँ फर्कने अनुमान छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।