बिहीबार, वैशाख १३, २०८१

हल्लाको पछि लाग्दा शेयर बजार अस्थिर,  १६.५ अंकले घट्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– गएको मंगलबार र बुधबारमात्र ५० अंकले बढेको शेयर बजार साताको अन्तिम कारोबारको दिन विहिबार १८ अंक र यो साताको पहिलो दिन १६.५ अंकले ओरालो लागेको छ । 

आइतबार शेयर बजार ११३९.२५ अंकमा अडिएको छ । 

गत सोमबार अर्थमन्त्री डा।युवराज खतिवडाले शेयर बजारमा लगानी गर्ने उपयुक्त समय भएको अभिव्यक्ति दिएका थिए । 

कर्मचारी सञ्चयकोषको ५८ औं बार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्रीले सञ्चयकोष,  नागरिक लगानी कोषजस्ता संस्थाले पनि शेयरमा लगानी गर्न सक्ने भनेपछि त बजारमा एक्कासी उछाल आयो तर, त्यो उत्साह दुई दिन पनि टिक्न सकेन । 

तेस्रो दिनदेखि बजार पुनः ओरालो लाग्न थाल्यो ।  गत मंगलबार नेप्से चार महिना यताकै सर्वाधिक अंकले बढेको थियो । 

अर्थमन्त्री शुरुदेखि नै बजारप्रति नकारात्मक भएका कारण शेयर बजार ओरालो लागेको आरोप लगानीकर्ताहरुको छ । 

त्यसैले लगानीकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेर यसबारे गुनासो गरेका थिए ।

लगानीकर्ताले प्रधानमन्त्रीलाई भेटेको भोलिपल्टै अर्थमन्त्री खतिवडाले 'अहिले बजारमा लगानी गर्ने समय भएको र सरकारी तथा निजी कम्पनीले संचालन गरेका कोषहरुले शेयर बजारमा लगानी गर्नुपर्ने' बताए । 

अर्थमन्त्रीको सम्बोधनका कारण दुई दिनमा ५० अंकले बढेको बजार नाफा बुक गर्नेहरुले बेच्न थाल्दा पुनःओरालो लाग्यो । 

नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपाल जबसम्म कम्पनीहरुको नाफा र उनीहरुको वित्तीय अवस्था हेरेरमात्र शेयरमा लगानी गर्ने अवस्था आउँदैन तबसम्म  बजार यसैगरी अस्थिर रहने बताउँछन् । 

‘लगानीकर्ताहरु हल्लाको पछाडि दौडिरहेका छन्', उनी भन्छन्, 'अर्थमन्त्रीले कोषहरुलाई लगानीको लागि आग्रह गर्नुभयो,  तर यो कति सम्भव छ भनेर लगानीकर्ताहरुले सोचेनन् र बजार ह्वात्तै बढ्यो ।'

यही मौकाको फाइदा नीजी क्षेत्रका मर्चेन्ट बैंकरहरुले उठाएर आफुसँग भएको शेयर बेचेर नाफा बुक गर्न थालेपछि बजार घटेको उनको भनाई छ। 

नेपालका अनुसार बजारमा व्यक्तिगत लगानीकर्ताहरुको ठूलो असर पर्दैन, बजारलाई एकैपटक अस्थिर बनाउन सक्ने भनेको संस्थागत लगानीकर्ताहरुले नै हो । 

आइतबार शेयर बजारका अधिकांश सूचक ओरालो लागेका छन् ।  यस दिन कारोबार भएको रकम पनि रु २२ करोड ६९ लाख मात्र छ । 

सूचक सुधार हुने वित्तिकै लगानी बढाउने र सूचक ओरालो झर्ने वित्तिकै नाफा बुक गर्ने लगानीकर्ताको परिपाटीका कारण बजार सधै अस्थिर भइरहेको छ । 

यसदिन शिबम् सिमेन्टको सबैभन्दा बढी एक करोड ८० लाख रुपैयाँको कारोबार भएको छ ।  त्यस्तै गण्डकी विकास बैंकको संस्थापक शेयर मात्रै एक करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ। 
यसदिन सबैभन्दा धेरै वेस्ट फाइनान्स, विजय लघुवित्त वित्तिय संस्था,  सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने रिलायन्स फाइनान्स,  जोशी हाइड्रो पावर समता माइक्रोफाइनान्स लगायतका कम्पनीले धेरै गुमाएका छन् । 

आइतबार १३१ कम्पनीको शेयर मूल्य घटेको छ भने १८ कम्पनीको बढेको छ । 

नजिकिदै गरेको दशैं खर्च जोहो गर्ने क्रममा रहेका लगानीकर्ताहरुले शेयर बिक्री गर्दा पनि बजार ओरालो लागेको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्