काठमाडौं- साफ यू-१८ फुटबल च्याम्पियनसिप अन्तर्गत आफ्नो दोस्रो खेलको पहिलो हाफमा नेपाल भुटानसँग पछि परेको छ।
हलचोकस्थित एपीएफको मैदानमा जारी खेलको पहिलो हाफमा नेपाल १-० ले पछि परेको हो।
पाहुना टोली भुटानलाई पहिलो हाफमा १–० को अग्रता दिलाउन नाम्गेलले गोल गरे।
उनले खेलको ३६ औं मिनेटमा गरेको प्रहारलाई नेपाली खेलाडी नितिन थापाले क्लियर गर्न खोज्दा फर्केको बललाई पुनः दोस्रो प्रहार गर्दै गोल गरेका हुन्।
यसअघि खेलको १७ औं मिनेटमा कर्मा क्षेत्रिमको लामो पासमा भुटानका स्ट्राइकर कर्मा सोनामले गरेको प्रहारले दिशा लिन सकेन।
१९ औं मिनेटमा कर्माले नै पेनाल्टी बक्सभित्रैबाट गरेको प्रहार गोलरक्षक बिशाल सुनारले सहजै बचाउ गरे।
२७ औं मिनेटमा मनिश थापाले करीब ३५ याडबाट गरेको प्रहार भुटानका गोलरक्षक तेन्जिन डोर्जेले सहजै बचाउ गरे।
३५ औं मिनेटमा नितिनले गरेको सशक्त प्रहारलाई गोलरक्षक तेन्जेनले क्लियर गरी दिएका थिए।
नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेलेको थियो। भुटानको भने समूहमा यो पहिलो खेल हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४