बिहीबार, वैशाख १३, २०८१

प्रदेश– २ मा सरकारको दीपावली, राजपाको विरोध प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम–  संविधान दिवसको अवसरमा प्रदेश २ सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरेको छ भने सरकारमै सहभागी राजापले विरोध प्रदर्शन गरेको छ ।

तीन दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको प्रदेश सरकारलदे शुक्रबार बिहान प्रभातफेरी निकालेको हो ।

यद्यपि प्रभातफेरीमा प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु सहभागी भएनन् ।

प्रभातफेरीमा विभित्र मन्त्रालयका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको सहभागिता थियो ।

जानकी मन्दिरको प्राङ्गणबाट निकालिएको प्रभातफेरी जनक चोक, शिवचोक, भानुचोकहुँदै नगरको विभित्र क्षेत्र परिक्रमा गरी मधेश भवन (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) पुगेर सम्पन्न  भएको थियो ।

यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेपाली सेनाको टुकडीले सलामी दिएर झण्डोत्तलन गरेको थियो ।

संविधान दिवसको अवसरमा प्रदेश सरकारले विहिबार जनकपुरको जिरोमाइलदेखि बसपार्क क्षेत्रमा सरसफाइ कार्यक्रम गरेको थियो भने शनिबार मधेश भवनमा वृक्षारोपण गर्ने कार्यक्रम तय गरेको छ ।

प्रदेश सरकारको संविधान दिवस मुल समारोह समितिको आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा सहभागी हुन सबै मन्त्रीहरुलाई पत्राचार गरिए पनि कोही सहभागी नभएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एक कर्मचारीले बताए ।

‘कार्यक्रममा सहभागी हुन हामीले सबै मन्त्रीज्यूहरुलाई पत्राचार गरेका छौं । तर, किन आउनु भएन हामीलाई जानकारी छैन,’ ती कर्मचारीले भने ।

यता प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले संविधान संशोधनको मुद्दा यथावत रहेकोले खुशियालीका साथ संविधान दिवस मनाउने अवस्था नरहेकोले प्रभातफेरीमा आफूहरु सहभागी नभएको प्रतिक्रिया दिए ।

गणतन्त्र, संघीयताजस्ता केही महत्वपूर्ण उपलब्धिहरु प्राप्त भए पनि संविधान संशोधन नहुन्जेल खुशियालीको साथ दिवस मनाउन नसकिने उनको भनाइ छ ।

मधेश भवनमा दीपावली
प्रदेश सरकारका मन्त्रीहरु संविधान दिवसका कार्यक्रममा सहभागी नभए पनि ‘मधेश भवन’ मा भने दीपावली गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित आवास क्षेत्रलाई प्रदेश सरकारले ‘मधेश भवन’ नामाकरण गरेको छ ।संविधान दिवसको अवसरमा प्रदेश सरकारले विहिबार साँझ ‘मधेश भवन’ मा दीपावली मनाएको हो ।

राजपाको विरोध प्रदर्शन
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधानको विरोधमा जनकपुरसहित मधेशका जिल्लाहरुमा प्रदर्शन गरेको छ ।

आफ्नो माग बमोजिम संविधान संशोधन नभएको भन्दै राजपाले संविधान दिवसका दिन विरोध प्रदर्शन गरेको हो ।

जनकपुरमा राजपाले गरेको विरोध प्रदर्शनमा राजपा अध्यक्षमण्डलका सदस्य महन्त ठाकुरदेखि प्रदेश सरकारका मन्त्रीहरु समेत सहभागी थिए । विरोध जुलुसमा प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लाल, प्रदेशसभा सदस्य परमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलगायतका नेताहरुको सहभागिता थियो ।

जुलुसका सहभागीहरुले संविधान संशोधनको माग गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

मधेशी जनतामाथि गोली चलाएर जबरजस्ती जारी गरिएको संविधानको उत्सव आफूहरुले मनाउन नसक्ने राजपाका नेता एवं प्रदेश सरकारका भौतिक योजनामन्त्री सोनलले बताए ।

जनकचोकबाट निस्केको विरोध जुलुस रामचोक, शिवचोकलगायत नगरका विभित्र भागको परिक्रमा गरी पुनःजनकचोक पुगेर कोणसभामा परिणतभएको थियो ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।