मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • यू-१८ साफ च्याम्पियनसिप : नेपाल र माल्दिभ्सको खेल बराबरी

यू-१८ साफ च्याम्पियनसिप : नेपाल र माल्दिभ्सको खेल बराबरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - यू-१८ साफ च्याम्पियनसिप फुटबल अन्तर्गत पहिलो खेलमा नेपालले माल्दिभ्ससँग बराबरी खेलेको छ। हलचोकस्थित एपिएफको खेलमैदानमा आइतबार भएको नेपालले माल्दिभ्ससँग १-१ को बराबरी खेलेको हो।

खेलमा सुरुवाती अग्रता भने माल्दिभ्सले लिएको थियो। माल्दिभसले पहिलो हाफमा लिएको १-० को अग्रता जोगाउन नसक्दा खेल बराबरीमा रोकियो । 

माल्दिभ्सका लागि कप्तान हसन नजिमले गोल गरेका थिए । नेपालका लागि भने मनीष डाँगीले एक गोल फर्काएका थिए। माल्दिभ्सका कप्तान हसनले खेलको १२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए। ७४ औं मिनेटमा नेपालका मनीषले बराबरी गोल फर्काए। कर्नरबाट आएको प्रहार गोलरक्षक हसन अलिफले बचाउन खोज्दा फर्केको बलमा मनीषले गोल गरेका हुन्। 

खेलको दोस्रो मिनेटमा नेपालले गरेको गोललाई रेफ्रीले अफसाइड दिँदै मान्यता दिएनन्। खेलको पाँचौ‌ मिनेटमा माल्दिभ्सका कप्तान हसनले गरेको प्रहार नेपालका गालरक्षकले विशाल सुनारले बचाउ गरे। ३४ औं मिनेटमा माल्दिभ्सका कप्तान हसनले पेनाल्टी क्षेत्र नजिकैबाट गरेको प्रहार गोलपोस्ट नजिकैबाट बहिरिँदा पाहुना टोली पहिलो हाफमा अग्रता दोब्बर गर्नबाट चुकेको थियो। ४१ औं मिनेटमा मनी डाँगीले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार माल्दिभ्सका गोलरक्षक हसन अलिफले सहजै बचाउ गर्दा नेपाल बराबरी गोल फर्काउनबाट चुकेको थियो।

४९ औं मिनेटमा माल्दिभ्सका हसन लावहले गरेको सशक्त प्रहारले दिशा लिन सकेन। ५३ औं मिनेटमा नितिन थापाको पासमा बृजेश चौधरीको प्रहार क्रसरबार माथिबाट बाहिरिँदा नेपाल बराबरी गोल फर्काउन असफल रहेको थियो। ६३ औं मिनेटमा जय गुरुङले गरेको प्रहारलाई गोलरक्षक हसन अलिफले क्लियर गरिदिएका थिए। 

६६ औं मिनेटमा स्ट्राइकर मनीष डाँगीले बललाई पोस्ट नजिकैबाट गरेको सशक्त प्रहार गोलरक्षकले उत्कृष्ट बचाउ गरे। ७१ औं मिनेटमा नेपालले सुन्दर मौका गुमायो। इन्जुरी समयमा  बृजेश  चौधरीले करिब २४ याडबाट गरेको प्रहारले दिशा लिन सकेन। अब नेपालले आफ्नो समूहको दोश्रो खेल भुटानसँग ५ गते खेल्नेछ।





प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।