बिहीबार, वैशाख १३, २०८१

संविधान दिवसको शुभकामनामा क–कसले के भने ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा विविन्न दलका नेताहरुले शुभकामना दिएका छन् ।

सबैजसोले शुभकामनामा संविधानमार्फत प्राप्त उपलब्धी रक्षाका लागि एकजुट हुनु पर्नेमा जोड दिएका छन् । 

शुभकामना दिदैँ राष्ट्रपति विद्यादेवी भण्डारीले तीन तहका सरकार सञ्चालनमा आएसँगै संरचनाहरु संस्थागत सुदृढ हुँदै गएको बताएकी छिन् । 

संविधानमा सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पनाअनुरुप समाजवादउन्मुख अर्थतन्त्रमा मुलुक अघि बढिरहेको सन्देशमा भनिएको छ । 

यस दिनले सबै नेपालीमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प मन, बचन र कर्मले समर्पित हुन प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरेकी छिन् । उनले संविधानको कार्यान्वयनमार्फत् नागरिकको हित र मुलुकको समृद्धि हुने गरी कार्य गर्न सबैमा अनुरोध गरेकी छिन् । 

यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफैँ जारी गरेको ऐतिहासिक दिनका रुपमा यस दिनलाई सम्झिएका छन् ।

उनलेले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत नेपाली जनताले प्राप्त गरेका उपलब्धि संस्थागत भएको दिनका अवसरमा सबै नेपालीमा बधाई दिएका छन् । 

जनताका जीवनमा परिवर्तन देखा पर्न थालेको भन्दै उले संविधान कार्यान्वयनका बाँकी कार्य यथाशीघ्र अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । 

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा शुभकामना दिदैँ संविधानले जनताको आशालाई जगाएको दाबी गरेका छन् । 

सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभामार्फत निर्माण भएको संविधानले नेपाली जनताको आकांक्षासँगै मान्यता र सिद्धान्तलाई समेत समेटेको शुभकामनामा उल्लेख छ । 

प्रधानमन्त्री ओलीले संविधानले सबै नागरिकलाई बिना भेदभाव मौलिक हक र स्वतन्त्रता सुननिश्चित गरेको बताउँदै संविधानले हरेक नेपालीको मर्यादालाई स्वीकार गरेको बताउँदै संविधान संशोधन आवश्यकताका आधारमा मात्र हुने बताएका छन् ।  

त्यस्तै सभामुख कृष्णबहादुर महराले ‘संविधान दिवसको शुभकामना दिँदै असोज ३ लाई ऐतिहासिक दिन भनेका छन् । उनले युगान्तकारी परिवर्तनलाई संविधानमार्फत् संस्थागत गरिएको यस दिन नेपालीका लागि महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने संविधानको सफल कार्यान्वयन गर्दै मुलुकलाई एकताबद्ध गर्ने र राष्ट्रिय एकतालाई मजबुत पार्न सबै नेपालीलाई आह्वान गरेका छन् । शुभकामना दिदैँ उनले राष्ट्रिय अखण्डता कायम गर्दै समृद्ध राष्ट्र निर्माण गरी सुखी र खुशी नेपालीको विकसित नेपाल निर्माणका लागि आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए ।

यसबाहेक विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरुले संविधान दिवसको शुभकामना दिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।