काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ।
बिहीबार बिहान प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ८:४० बजेदेखि ९:३० बजेसम्म भेटवार्ता भएको हो। भेटमा देउवा सरकारको मन्त्रिमण्डल पूर्णता बारे छलफल भएको बताइएको छ।
देउवाले गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन। गठबन्धनभित्रका दलहरूको आन्तरिक किचलोका देउवा नेतृत्वको मन्त्रिमण्डमा पूर्णता दिन ढिलाई हुँदै आएको छ।