बुधबार, वैशाख १२, २०८१

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम बढ्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौ- गत सोमबारसम्म लगातार घटेको सेयर बजार मंगलबार र बुधबार लगातार बढेको छ।

मंगलबार २६.९१ अंकले बढेको सेयर बजार बुधबार २२.६८ अंकले बढेर ११७३.४२ विन्दुमा पुगेको छ।

यस्तै सेन्सेटिभ परिसूचक ४.१४ अंकले बढेर २५५.७० अंकमा पुगेको छ।  बुधबार ४७ करोड ६८ लाख ३३ हजार ८ सय ४७ रुपैँयाको कारोबार भएको छ। मंगलबारको तुलनामा यो कारोबार झन्डै १० करोडले बढी हो।

अर्थमन्त्री खतिवडाले शेयर बजार नवप्रवेशीका लागि लगानीको उपयुक्त समय रहेको बताएसँगै सेयर बजारमा लगानीकर्ता आकर्षित हुँदा बजारमा सकारात्क प्रभाव देखिएको हो।

बुधबारको कारोबारमा सबैभन्दा बढी सिवम सिमेन्टको ६ करोड २४ लाख २७ हजार ७ सय ९३ रुयियाँको कारोबार भएको छ।

त्यस्तै दोस्रो कारोबार सिद्धार्थ बैंकको चार करोड ४८ लाख २९ हजार ५ सय ६९ रुपैँया तथा तेस्रोमा नेपाल बैंकको दुइ करोड ६० लाख २९ हजार ६ सय ९८ रुपैयाँको कारोबार भएको छ।

बुधबारको कारोबारमा सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानी कर्ताले १० प्रतिशत कमाई गरेका छन् त्यस्तै कर्णाली विकास बैंङ्कका लगानी कर्ताले ४ दशमलव ५५ प्रतिशत गुमाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्