बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंकले ल्यायो, ‘असोज महिनाभरी छुटै छुटको वहार’ 

माछापुच्छ्रे बैंकले ल्यायो, ‘असोज महिनाभरी छुटै छुटको वहार’ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- माछापुच्छ्रे बैंकले १९ औ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुका लागि विभिन्न १९ प्रकारका छुट योजनाहरु ल्याएको छ । 

बैंकले २० औं वर्षमा प्रवेशको उपलक्ष्यमा असोज महिनाभरी आफ्ना शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको हो । 

ग्राहकहरुलाई असोज महिनाभर निःशुल्क डेबिट कार्ड प्रदान गर्ने साथै डिम्याट खाता तथा मेरो सेयर खाता निशुल्क खोलिदिने बैंकले जनाएको छ । 

त्यस्तै माछापुच्छ्रे महोत्सव अन्र्तगत भाटभटेनी सुपरमार्केटमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरेर सामान खरीद गरेपछि १० प्रतिशत सम्म क्यास ब्याक सुविधा प्रदान गरिने, योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जना भन्दा वढिको समूहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आइएनआर/युएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुट लगायतका सुविधा दिइने बैंकले जनाएको छ । 

बैंकले प्रदान गर्ने विभिन्न सुविधाको फाईदा उठाउन चाहने ग्राहकले नजिकको शाखामा गई माछापुच्छ्रे महोत्सवमा सहभागी हुन सकिने छ । 

स्थापनाको २० वर्षमा बैंकले १३७वटा शाखा र १२८ शाखा रहित बैकिङ्ग सेवा मार्फत ग्राहकलाई सेवा दिइरहेको छ । बैंकका देशभर १६०वटा एटीएमहरु सञ्चालनमा छन् । 




 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्