काठमाडौं– नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा, संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ। आइतबार बसेको संसदीय दलको पहिलो बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दल नेता चयन गरेको सांसद निरा जैरुले जानकारी दिइन्। एमाले विभाजन गरेर बनेको एकीकृत समाजवादीको राष्ट्रियसभा सात सांसद छन्।