शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सरकारले उत्तर कोरियालाई भन्यो, ‘नेपालबाट लगानी फिर्ता लैजाऊ’

सरकारले उत्तर कोरियालाई भन्यो, ‘नेपालबाट लगानी फिर्ता लैजाऊ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल सरकारले उत्तर कोरियालाई  उसले नेपालमा गरेको लगानी फिर्ता लैजान निर्देशन दिएको छ।

संयुक्त राष्ट्र सङ्घले आफ्ना सदस्य राष्ट्रलाई उत्तर कोरियाको लगानी फिर्ता गर्न निर्देशन दिए अनुसार सरकारले उत्तर कोरियालाई नेपालमा गरेको लगानी फिर्ता लैजान निर्देशन दिएको हो । 

उद्योग विभागका निर्देशन प्रेम प्रसाद लुइँटेलका अनुसार  लगानी फिर्ता लैजान परराष्ट्र मन्त्रालयले आगामी अक्टुबर महिनासम्मको समय दिएको छ।

उत्तर कोरियाले नेपालमा सफ्टवेयर निर्माण, होटल, रेष्टुरेन्ट र अस्पतालसँग सम्वन्धित ९ वटा उद्योगमा लगानी गरेको छ।

प्रत्येक उद्योगमा करिब ५ देखि ७ लाख पुँजी रहेको रहेको र त्यसमा नेपाली लगानीको हिस्सा समेत रहेको विभागले जनाएको छ।

यो सँगै उत्तर कोरियाली नागरिकले नयाँ उद्योगका लागि समेत निवेदन दिन पाउने छैनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।