१. भारतको आन्ध्र प्रदेशको गोदावरी नदीमा एक डुङ्गा पल्टिँदा कैंयौं व्यक्तिहरुको ज्यान गएको अनुमान गरिएको छ।
हालसम्म ११ जनाको शव बरामद भएको बचाउ दलका एक अधिकारीले जनाएका छन्। नदीमा बाढी आएका बेला डुङ्गामा यात्रा गरिरहेका यात्रुहरु अचानक डुङ्गा पल्टिन पुग्दा तिनको डुबेर मृत्यु भएको हो। जसमध्य २३ जनालाई अहिलेसम्म बचाइएको जानकारी प्राप्त भएको छ।
२. बेलायतका पूर्व प्रधानमन्त्री डेभिड क्यामरूनले वर्तमान प्रधानमन्त्री बोरिस जोनसनको ब्रेक्जिटप्रति चासो नरहेको आरोप लगाएका छन्। उनका अनुसार जोनसनले आफ्नो निहित राजनीतिक स्वार्थसँग समग्र मुलुककै हितलाई जोखिममा राखेको पनि बताए। हाल बेलायत युरोपेली संघमा रहने या नरहने भन्ने संसदीय अकर्मण्यमा पिसिईएको छ।
३. साउदी तेलखानीहरुमा भएका आक्रमणहरुका पछाडि ईरानको हात रहेको भन्ने अमेरिकी आरोपको ईरानले खण्डन गरेको छ। ति खानीहरुमा आक्रमण गरी सम्पूर्ण पेट्रोलीयम उत्पादन प्रणालीलाई कमजोर पारेर विश्वभर तेलको आपूर्ति अबरुद्ध पार्ने ईरानको लक्ष्य रहेको र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधारहरु प्रति ईरानी क्षेप्यास्त्रहरु लक्षित गरी राखिएको भन्ने अमेरिकी आरोप पनि उसले खारेज गरेको छ।
४. इजरायली प्रधानमन्त्री बेन्जामिन न्यातेन्याहुले आउँदो चुनाव आफूले जिते जोर्डन उपत्यका इजरायलमा विलय गराउने दाबी गरेका छन्।
५. अमेरिकाले वर्तमान इरानी सरकार अपदस्थ गर्ने सबै षड्यन्त्रहरु प्रयोग गरिरहेको इरानले बताएको छ। इरानका प्रथम उपराष्ट्रपति एसहाक जाँहगिरिले भने, ‘अमेरिका इरानलाई चौतर्फी घेराबन्दी गर्दै सरकार गिराउने र आन्तरिक राजनीतिमा घुसपैठ गर्ने खेल खेलिरहेको छ।’
६. पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भनेका छन्, ‘आफ्नो मुलुक आणविक अस्त्र सम्पन्न रहेको र सार्वभौमिकताको रक्षार्थ पारम्परिक हातहतियार भन्दा अणुअस्त्र नै प्रयोगमा आउन सक्नेछ।’
७. रुसले आफ्नो एस–४०० जमिनबाट हावामा मार हान्न सक्ने क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको सम्पूर्ण अनुबन्धनअनुसार आपूर्ति गरिसकेको टर्कीका रक्षामन्त्रीले बताएका छन्।
८. भर्खरै सामुद्रिक उत्पात डरियनले तहसनहस मच्चाएको बाहमासमा फेरि एउटा ग्रिष्मकालीन आँधी हम्बेर्तोले भीषण वर्षा ल्याइदिएर अर्को आपत थपेको छ।
९. बेलायती राजदरबारको एउटा स्नानगृहबाट सुनैसुनले बनेको ट्वाईलेट चोरी भएको बेलायती प्रहरीले जनाएको छ।
१०. चीनको फुजाओमा फुजियन जातिहरुले आफ्नो मध्यशारदीय महोत्सव हर्षोल्लासका साथ मनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४