शुक्रबार, वैशाख ७, २०८१

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
चितवन- जिल्लामा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा दुईको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ज्यान गुमाउनेमा राप्ती नगरपालिका-६ का २५ वर्षीय सरोज तामाङ र कालिका नगरपालिका-७ का २८ वर्षीय विकास श्रेष्ठ छन् ।  
 
तामाङको ट्रकको ठक्करबाट र श्रेष्ठको ट्याक्टरको ठक्करबाट ज्यान गएको हो ।

नारायणगढबाट वीरगन्जतर्फ आउँदै गरेको ना१२प ४९०२ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई विपरीत दिशाबाट आउँदै गरेको युपी२१सीएन ३१८८ जी नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट घाइते बनेका मोटरसाइकल चालक तामाङको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलमा सवार राप्ती नगरपालिका-१ का १४ वर्षीय उत्सव श्रेष्ठ घाइते छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 
 
यस्तै, कालिका नगरपालिका-७, स्थित क्लबचोकबाट जुटपानीतर्फ आउँदै गरेको ना४१प ९८४९ नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठलाई विपरीत दिशाबाट आउँदै गरेको ना३त १३३५ नम्बरको ट्र्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट घाइते श्रेष्ठको पनि उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थान बस्ने ३० वर्षीय मुकेश पौडेल घाइते छन् । प्रहरीका अनुसार उनको अवस्था खतरामुक्त छ । 

दुवै दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।