शनिबार, वैशाख ८, २०८१

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिष्पर्धी उमेशलाल श्रेष्ठलाई ७ मत अन्तरले पराजित गरे ।  
जीवनरामले १७ र उमेशलालले १० मत पाए । 

जीवनराम नेपाल ओलम्पिक कमिटीको निवर्तमान अध्यक्ष पनि हुन् । 

उपाध्यक्षमा ज्योति राणा (२६), चतुरानन्द राजवैद्य (२२), तेजबहादुर गुरुङ (२०), सुनिल श्रेष्ठ (१८) र अशोकरत्न बज्राचार्य (१५) निर्वाचित भएका छन् । उपाध्यक्षका अन्य प्रतिस्पर्धी समिम मिया अन्सारी (१२), पुष्पदास श्रेष्ठ (११) र राजीव श्रेष्ठ (११) मत पाए ।

महासचिवमा निलेन्द्रराज श्रेष्ठ निर्वाचित भएका छन् । उनले पुरेन्द्रविक्रम लाखेलाई ३ मतले पराजित गरे । लिलेन्द्रले १५ र पुरेन्द्रले १२ मत पाए ।

उपमहासचिवमा पीताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टण्डन निर्विरोध निर्वाचित भएका छन् । 

यसैगरी, सचिवमा दीपकहर्ष बज्राचार्य, तुलसी थापा र रामजीबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा तीन पदमा भएको निर्वाचनमा बज्राचार्यले २५, थापाले २१ र श्रेष्ठले १८ मत पाए । सचिवका अर्का प्रतिस्पर्धी तथा राखेपका पूर्वसदस्यसचिव केशवकुमार विष्ट भने पराजित भए । उनले १७ मत पाए ।

सदस्यमा रमेशप्रसाद शिवाकोटी (२६), प्रकाशशम्सेर राणा (२६), गोपालसुन्दर लाल कक्षपति (२६), दीर्घबहादुर केसी (२६), होमबहादुर दोङ (२५), टासी घले (२४) र राम अवाले (२०) निर्वाचित भए । सदस्यमा पराजित मनोरञ्जनरमण शर्माले ९ मत मात्रै प्राप्त गरे । 

निर्वाचनमा २७ मतदाता रहेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।