बिहीबार, वैशाख ६, २०८१

आइसीसी टी–२० वरियतामा नेपाल एक स्थान झर्‍यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सार्वजनिक गरेको नयाँ महिला टी–२० वरियतामा नेपाल एक स्थान तल झरेको छ। 

अघिल्लो वरियतामा १४ औं स्थानमा रहेको नेपाल नयाँ वरियता अनुसार १५ औं स्थानमा पुगेको हो ।

नेपालको रेटिङ १२८ अंक (१९ खेलबाट )छ । गत फागुनमा थाइल्याण्डमा सम्पन्न आइसीसी विश्वकप एसिया छनोट खेलमा घरेलु टोलीसँग फाइनलमा पराजित नेपालले त्यसपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन। 

एसोसियट राष्ट्रको टी–२० वरियतामा नेपाल चौथो स्थानमा छ। नेपालभन्दा अगाडि थाइल्याण्ड, स्कटल्याण्ड र पपुवा न्यू गिनी छन्। महिलाको टी–२० वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रोमा इंग्ल्यान्ड र तेस्रोमा न्युजिल्याण्ड यथावत छन्। 

यस्तै चौथो स्थानमा वेष्ट इन्डिज र पाँचौ स्थानमा भारत यथावत छन्।

महिला खेलाडीको टी–२० वरियतामा नेपालका सीता राना मगर र नेरी थापा अटाएका छन्।  नेपालकी उपकप्तान सीता अलराउण्डरतर्फ दुई स्थान झर्दै ५९ औं स्थानमा छन् भने ब्याटिङतर्फ सीता ८५ औं स्थान छन्। 

बलिङतर्फ पूर्व कप्तान नेरी थापा ९० औं स्थानमा झरेकी छन्। बलिङतर्फ भने सीता शीर्ष १०० बाट बाहिरिएकी छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।