बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तार बारे छलफल

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तार बारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ। 

triton college

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच भेटवार्ता भएको हो। स्रोतका अनुसार तीन नेताबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको छ।  

प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिना वितिसक्दा समेत देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। देउवा नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा थिए । दुवै पार्टी  निर्वाचन आयोगमा दर्ता भइसकेको छ। 

समाजवादीले आइतबार संसदीय दल गठन गर्ने तयारी समेत गरेको छ। ‘आयोगमा दल दर्ता र संसदीय दल गठन समेत हुन लागेको अवस्थामा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारेमा उहाँहरुको छलफल केन्द्रीत थियो,’ देउवाको सचिवालयले भन्यो, ‘१–२ दिन भित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ।’

प्रकाशित: Aug 29, 2021| 12:04 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...