शनिबार, वैशाख ८, २०८१

आइफोन ११ सार्वजनिक, यस्ता छन् 'फिचर्स'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - विश्व आर्थिक मन्दीका वावजुद एप्पल कम्पनीले आईफोन– ११ सिरिजको आईफोन, आइप्याड र नयाँ स्मार्ट वाच बजारमा ल्याएको छ। 

अमेरिकाको क्यालिफोर्नियामा आयोजित एक भव्य कार्यक्रममा एप्पलका सीईओ टिम कुकल आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स सार्वजनिक गरेका हुन्। यी फोनको अग्रिम बुकिङ सेप्टेम्बर १३ देखि हुने कम्पनीले जनाएको छ। 

आइफोन ११ को बजार मूल्य ६ सय ९९ डलर, आइफोन ११ प्रो को  ९ सय ९९ र आइफोन ११ प्रो म्याक्सको मूल्य १ हजार ९९ डलर तोकिएको छ। नेपालमा यसको मूल्य आधिकारीक रुपमा घोषणा नभएपनि आइफोन ११ को सुरुवाति मूल्य एक लाख पाँच हजार भन्दा माथि नै पर्ने बताइएको छ। यस्तै आइफोन ११ प्रो को मूल्य भने एक लाख ६५ हजारबाट सुरु हुने बताइएको छ। फोनको क्षमताअनुसार मूल्य फरक पर्ने छ।

आइफोन ११ प्रो र प्रो म्याक्स तीन भेरियन्टमा उपलब्ध हुनेछन्। यी फोनहरु ६४, २५६ र ५१२ जिबी क्षमतामा उपलब्ध हुनेछन्। आइफोन ११ भने ६४, १२८ र २५६ जिबीको इन्टरनल स्टोरेजमा उपलब्ध हुनेछ। यस्तै फोनको कलरमा समेत विविधता रहेको छ। 



यस्ता छन् 'फिचर्स'

आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स फोनका तीनवटा क्यामराले एकैपटक विभिन्न फरम्याटमा भिडियो (स्लोमोशन सेल्फी, ल्याण्डस्केप सेल्फी) रेकर्ड गर्न सक्छन् । यसबाहेक यो मोबाइलको क्यामरामा टेलिफोटो, अल्ट्रावाइड र नयाँ नाइट मोडको सुविधा पनि छ जसको मद्दतले कम उज्यालोमा पनि गुणस्तरीय तस्बिर खिच्न सकिन्छ ।

यो मोबाइलमा प्रोसेसर पनि पहिलेको तुलनामा उच्चस्तरको भएको कम्पनीको दाबी छ । एप्पलका अनुसार आइफोन ११ सिरिजका स्मार्टफोनहरुको ब्याट्री लगातार चारदेखि पाँच घण्टासम्म काम गरिरहँदा पनि टिक्छ। यसको ब्याट्री क्षमता हालसम्मकै आइफोनमा प्रयोग गरिएको भन्दा उत्कृष्ट र टिकाउ रहेको छ।

यि फोनहरु वाटर प्रुफ र डस्ट रेसिस्टेन्ट रहेको कम्पनीको दाबी छ ।
 
आइफोन ११ प्रोमा ५.८ इन्चको स्क्रिन छ भने आइफोन ११ प्रो म्याक्समा ६.५ इन्चको स्क्रिन छ । कम्पनीले आइफोन ११ को डिस्प्ले उच्च प्रविधिको भएको र सुपर रेटिना एक्सडिआरको प्रयोग गरिएको जानकारी दिएको छ। यसमा ए १३ वायोनिक चिपसेटको प्रयोग गरिएको छ।


 
ट्रिपल क्यामरा टेक्निक

आइफोनले पहिलोपटक ट्रिपल क्यामरा टेक्निक ल्याएको छ। यसमा १२ मेगापिक्सलको वाइड एंगल क्यामरा, १२ मेगापिक्सलकै अल्ट्रा वाइड क्यामरा र जुमका लागि एउटा टेलीफोटो क्यामरा रहेको छ। 

आइफोन ११ मा नाइट मोड र ६० फ्रेम प्रति सेकेन्डका दरले भिडियो रेकर्डिङको सुविधा पनि छ । यसको प्रो मोडलमा ट्रिपल रियर क्यामरा र डीप फ्यूजन क्यामराका साथै आई स्पिड मोनोक्रोम सेन्सर र उच्च ‘लाइट सेन्सिटिभिटी’ का  कारण कम उज्यालोमा पनि राम्रो तस्वीर खिच्न सकिन्छ। 

यसमा ६४ एफपिएबाट फोर के भिडियोसमेत खिच्न सकिन्छ। 

ट्रिपल क्यामरा टेक्निकमा तेस्रो क्यामरा चाहिँ अधिक ‘जूम’ गर्नका लागि सहयोगी हुन्छ जसका कारण टाढाबाट पनि हाइ रिजोलुसनको फोटो खिच्न सकिन्छ।

बजारमा ट्रिपल क्यामरा टेक्निक भएका सामसंग, सोनी एक्सपेरिया १, एलजी वी ५०, शाओमी एमआई ९, विवो भी १५, ओप्पो रेनो १० एक्स जूम, रेडमी के २० प्रो पनि पाइन्छन् । 

आइफोन ११ बजारमा आएपछि एप्पलले आइफोन ८ को मूल्य भने घटाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।