शुक्रबार, वैशाख ७, २०८१

प्रचण्डका घरबेटीलाई मेलम्चीको ठेक्का

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले भारतबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आउन सुरु गरेको विषयलाई प्राथमिकताका साथ छापेका छन् ।
 
मंगलबार नेपालका प्रधानमन्त्री केपीशर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आ–आफ्नो देशबाट स्विच अन गरेर पाइपलाइनको उद्घाटन गरेका थिए ।

पाइपलाइनबाट तेल आउन सुरुगरेपछि पेट्रोलियम पदार्थको लागत सस्तो हुने, ट्यांकरबाट ढुवानी गर्दा बाटोमा हुने चोरी, चुहावट र मिसावट रोकिने विश्वास लिइएको छ ।
 
पाइपबाट प्रतिघण्टा २ लाख ९४ हजार लिटरका दरले तेल आउने क्षमता छ भने हाल १ लाख ९२ हजार लिटर तेल आपूर्ति भइराखेको छ । नेपालको दैनिक माग थेग्न यो पाइपलाइनलाई दैनिक १८ घण्टाका दरले चलाउनु पर्ने देखिन्छ ।
 
यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको अन्नपूर्ण पोस्ट्ले पाइपबाट इन्धन शीर्षकमा खबर छापेको छ । नागरिक दैनिकले सुरु भयो पाइपबाट डिजेल ढुवानी शीर्षकमा खबर लेखेको छ । कारोबार दैनिकले नेपाल भारत पाइपलाइन उद्घाटन शीर्षकमा खबर छापेको छ ।
 
यो बाहेक आजको नागरिक दैनिकले सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदा अधिकारीलाई मेलम्चीको ठेक्का दिएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ।

उनलाई मेलम्चीको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ ।
 
शैलुङ कन्स्ट्रक्सनका सञ्चालक अधिकारीलाई मेलम्ची खानेपानी आयोजनाको बुढानिलकण्ठ नगरपालिका क्षेत्रको पाइपलाइन विस्तार तथा ओभरहेड ट्याङकी निर्माणको ठेक्का दिइएको हो ।

एक अर्ब ४१ करोड ६९ लाख २२ हजार ७६० रुपैयाँमा अनामनगरस्थित आयोजना निर्देशनालय कार्यालयले शैलुङ कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको छ ।
 
अन्नपूर्णले भने चिनियाँ विदेशमन्त्री स्वदेश फर्किएको र संसदीय समितिले वाइडबडी घोटाला काण्डमा त्यसको भार घटाएवापत साँवा ब्याजसहित मूल्य भराउन निर्देशन दिएको विषयलाई पनि महत्वका साथ छापेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।