शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अन्जनको उत्कृष्ट प्रदर्शनमा नेपालद्वारा चाइनिज ताइपेई पराजित 

अन्जनको उत्कृष्ट प्रदर्शनमा नेपालद्वारा चाइनिज ताइपेई पराजित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– फिफा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेईविरुद्धको खेलमा मिडफिल्डर अन्जन बिष्ट चम्केपछि नेपाल विजयी भएको छ। 

मंगलबार ताइपेईको घरेलु मैदान जिआइओमा भएको खेलमा नेपालले २–० को जित निकालेको हो। नेपालको जितका लागि दुबै गोल अन्जन बिष्टले गरेका हुन्। उनले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। सुजल श्रेष्ठको फ्री–किकमा अन्जनले हेडिङ गर्दै गोल गरेका थिए।

पहिलो हाफमा १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप एक गोल गर्‍यो। खेलको ६३ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को जित दिलाए। उनले रबि पासवानको लामो क्रसलाई सुजल श्रेष्ठको हेडर पासमा पेनाल्टी श्रेत्र नजिकैबाट उत्कृष्ट गोल गरेका थिए। 

त्यसअघि निकै नै आक्रामक खेलेको ताइपेईले खेलमा केही अवसर श्रृजना गरेपनि त्यसलाई गोलमा भने परिणत गर्न सकेन। नेपाली पोस्टमा ताइपेईले गरेका सशक्त दुई प्रहारलाई गोलरक्षक किरण चेमजोङले उत्कृष्ट बचाउ गरेका थिए। 

छनोटको पहिलो खेलमा कुवेतविरुद्ध फितलो डिफेन्स देखिएको नेपालले ताइपेईसँगको दोस्रो खेलमा भने केही सुधार गरेको थियो। पहिलो खेलमा फितलो डिफेन्स कै कारण नेपालले कुवेतसँग ७–० को फराकिलो अन्तरको हार व्यहोरेको थियो। 

आजको जितसँगै नेपालले दुई खेलमा एक जित र एक हारसहित तीन अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पराजित ताइपेई भने समान खेलमा जित विहिन हुँदै अंक तालिकाको पुछारमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।