शुक्रबार, वैशाख १४, २०८१

एसीसी यू–१९ एसिया कप : नेपालको सुखद अन्त्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटबाट बाहिरिसकेको नेपालले प्रतियोगिताको सुखद अन्त्य गरेको छ। मंगलबार सम्पन्न समूह चरणको अन्तिम खेलमा यूएईलाई १६० रनले पराजित गर्दै नेपालले प्रतियोगिताको सुखद अन्त्य गरेको हो।
 
नेपालले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको यूएईले ३४.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १२५ रन बनाउन सक्यो। यूएईका लागि अरभिन्दले २ रन जोड्दा अलिसान शरफुले २१, स्येड हैडरले १५, ओसाम हसनले १६ र अन्स टन्डनले १२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकसमेत छुन सकेनन्।

यूएईलाई सस्तैमा समेट्न सागर ढकालले तीन विकेट लिए। त्यस्तै पवन सर्राफ, सुर्य तामाङ र राशिद खानले दुई/दुई विकेट लिँदा कमल सिंह ऐरीले एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २८५ रन बनायो। सुरुवातमै दुई विकेट गुमाउँदै कठिन अवस्थामा पुगेको नेपालको इनिङ्स उकास्ने क्रममा कप्तान रोहितकुमार पौडेलले ६७ रनको योगदान दिए। उनले ४ बलमा ९ चौका र १ छक्का प्रहार गरे। 

पहिलो बलमा ओपनर रित गौतम क्याच आउट भए भने चौथो ओभरमा पवन सर्राफ पनि डकआउट भए। यस्तै सन्दीप जोराले ४ रन बनाउदा आसिफ शेखले ४५ रन बनाए। त्यस्तै राशिद खानले ४४ र कमल सिंह ऐरीले ४१ रन बनाए। कुशल मल्लले २२ रन जोडे। यूएईका आकाश ताहिर र सन्चित शर्माले ३/३ विकेट लिए।

नेपाल यसअघि सम्पन्न समूह चरणकै खेलमा आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो भने बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो।

नेपाल रहेको समूहबाट श्रीलंका र बंगलादेश सेमिफाइनल प्रवेश गरेका छन् भने नेपालले तेश्रो स्थानमा चित्त बुझाउँदा यूएई भने जितविहिन हुँदै चौथो स्थानमा रह्यो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।