शुक्रबार, वैशाख १४, २०८१

राजासँग जोडिएको बीपीको घाँटी : के अझै सान्दर्भिक छ ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सन्दर्भ : बीपी जयन्ती
 
राजनीतिक स्थिरताका लागि बलियो सरकार निर्माण हुनुपर्छ भन्ने आममतको कारणले होला- गत निर्वाचनपछि दुई तिहाइ बहुमतको सरकार निर्माण हुने वातावरण बन्यो।
 
तर छोटो समयान्तरमै बलियो सरकारले केही गर्ला भन्ने नागरिक अपेक्षा झन्डै समाप्त भयो। अनावश्यक राजनीतिक ध्रुवीकरण यसको मूल कारण हो। दुई तिहाइ बहुमतसहितको सरकारले भयरहित ढंगले सहमति, सहकार्य र एकताको लागि अग्रसरता देखाउनुपर्ने हो। तर त्यसो हुन सकेन र सकिराखेको छैन।

'राष्ट्रिय शक्तिहरूबीचको बलियो एकताले मात्र बाह्य हस्तक्षेप रोकिन्छ र राष्ट्र स्वाधीन हुन्छ। स्वाधीन राष्ट्रले मात्र आफ्नो राष्ट्रिय स्वार्थलाई सहज रुपमा अगाडि बढाउन सक्छ' भन्ने मान्यता जननायक बीपी कोइरालाको थियो। तर समकालीइन नेतृत्वले त्यसलाई पछ्याउन सकिरहेको छैन। बीपी जयन्तीका सन्दर्भमा उपरोक्त प्रसंगमाथि चर्चा गर्नु आवश्यक देखिन्छ।
  
बीपी कोइरालाका दुईवटा चर्चित भनाइ 'राजा र मेरो घाँटी जोडिएको छ’ र 'पञ्च कांग्रेससँग नतर्स, कांग्रेस पञ्चसँग नझस्क’ लाई एउटा पक्षबाट धेरै विवादित बनाउन खोजियो। तर एउटा कोणबाट विचार गर्ने हो भने आज पनि बीपीका उक्त भनाइ सान्दर्भिक छन्। अर्को पक्षसँगको सौहार्दता कायम गर्दै आफ्नो लक्ष्य हासिल गर्ने मार्गमा अग्रसर हुनुपर्छ भन्ने मान्यतको जगमा बीपीका उक्त भनाइहरू आएका थिए। 

बीपीको राजनीतिक दर्शनको मर्म नागरिक अधिकार, राष्ट्रियता र आर्थिक सामाजिक समानता थियो। राजनीतिक मर्मका उपरोक्त त्रिवेणीभन्दा बाहिर बीपीले कुनै निर्णय र सम्झौता गरेनन्।
 
२०३३ सालमा पञ्चायतइतर शक्तिले कुनै संघर्षको उठान गर्न नसकेको, राजासँग संवादसमेत बन्द भएको र दक्षिण एसियाली राजनीतिक षड्यन्त्र र हस्तक्षेपका आधारमा अगाडि बढिरहेको परिप्रेक्ष्यमा राष्ट्रियता खतरामा पर्ने र जनपक्षीय राजनीति कमजोर हुने देखेर बीपी कोइराला नेपाल फर्किएका थिए।
 
'राष्ट्रिय मेलमिलापको नीतिको व्याख्या गर्दै बीपीले ‘राष्ट्रियताको सवालमा राजाको र मेरो घाँटी एकै ठाँउमा छ’भने। यो भनाइलाई कम्युनिस्टहरूले अत्यन्त विवादास्पद पनि बनाए। नेपाली मानसिकतालाई नकारात्मक बनाउने प्रयोजनमा बीपीको उपरोक्त कथनलाई नेपालका कम्युनिस्टहरूले बलियो अस्त्र नै बनाए। तर उक्त कथनको मर्म बुझ्ने कोसिस उनीहरूले गरेनन्।
 
वास्तवमा बीपीको उक्त भनाइले नेपाली राष्ट्रिय एकताको ढोका खोलेको ऐतिहासिक तथ्यलाई उनीहरूले बुझ्न सकेनन्। तर आज उनीहरू पनि क्रमशः राष्ट्रिय एकताको ढोका खोल्ने बीपीको ‘मेलमिलाप नीति’ र ‘राजासँग घाँटी जोडिएको’ विश्लेषणसँग बिस्तारै सहमत देखिँदैछन्।
 
घरेलु शक्तिहरूबीचको प्रतिस्पर्धा भनेको देशलाई समृद्धिको मार्गमा लैजाने कार्यक्रमको प्रतिस्पर्धा हो। नागरिक अधिकार सुनिश्चित गर्ने, सेवासुविधामा समान पहुँच स्थापित गर्ने र सीमान्तकृत नागरिकलाई राज्य सञ्चालन सहभागिताको सुनिश्चितता प्रदान गर्ने प्रतिस्पर्धा हो।
 
घरेलु प्रक्रियामा हुने प्रतिस्पर्धाको प्रतिक्रियास्वरुप राष्ट्रिय हितका विषयमा पनि राष्ट्रिय शक्तिहरू एक ठाउँमा उभिन नसक्नु अलोकतान्त्रिक र सर्वसत्तावादी चिन्तन हो। तर बीपीले नेपालको नक्सा नै नरहने अवस्था सिर्जना हुन लाग्दा राजासँग असहज सम्झौतासमेत गरे। 'मलाई थुन्ने र अपदस्थ गर्ने राजा वा राजसंस्थासँग मेलमिलाप गर्दिन’ भनेर अड्डी लिएनन्।
 
'व्यक्तिगत इगो’ लाई तिलाञ्जली दिएर राष्ट्रियता र जनपक्षीय राजनीतिक सक्रियताका लागि ‘राजासँग घाँटी जोडिएको अभिव्यक्ति दिएर पनि अप्ठ्यारो परिस्थितिमा नेपालका घरेलु शक्तिहरू एकै ठाउँमा उभिन्छन् भन्ने स्पष्ट सन्देश दिन बीपी सफल रहे।
 
यसबाट पाठ सिकेर घरेलु शक्तिहरूबीचको बलियो एकता निर्माण गर्न आजका राजनीतिक शक्तिहरूले सकिरहेका छैनन्। राष्ट्रिय हितका सवालमा एकै ठाउँ उभिने वातावरण बनाउन सकिरहेका छैनन्। बरु आफ्नो स्वार्थका लागि छिमेकी मुलुकहरूमा बिन्ती चढाउने प्रचलन बढिरहेको छ।
 
मुलुकको एकता, स्वाभिमान, अखण्डता, सद्भाव आदिलाई बिथोलेर अराजक स्थिति सिर्जना गर्ने संस्कार व्याप्त छ।  र,  त्यही अराजकताको वातावरणमा राजनीतिक लाभ देख्ने संस्कृति व्याप्त छ। यसले राष्ट्रिय एकतालाई खण्डित गर्ने काम गरेको छ। जबकि अहिलेका मुख्य घरेलु शक्तिहरूका बीचमा न्यूनतम सहमति कायम गरेर संक्रमणकाल अन्त्य गर्नु आजको राष्ट्रिय आवश्यकता हो।

नेपालको राष्ट्रिय एकताका पक्षमा उभिने प्रण गरियो भने मात्र बीपी जयन्ती मनाउनुको सार्थकता रहनेछ। 'राष्ट्रियताको सवालमा राजा र मेरो घाँटी जोडिएको छ' भन्दै राष्ट्रियताका विषयमा राजालाई गम्भीर हुन प्रेरित गर्ने बीपीको उक्त अभिव्यक्ति अहिले पनि उत्तिकै महत्त्वपूर्ण र सान्दर्भिक छ।
 
'पञ्चहरू कांग्रेससँग नतर्स, कांग्रेसहरू पञ्चहरूसँग नझस्क’ भन्ने बीपीको अर्को चर्चित अभिव्यक्ति हो। यसलाई बीपी पञ्चायतसँग मिल्न लाग्यो भनेर प्रचार नभएको होइन। तर २०३७ सालको जनमत संग्रहपछि बीपीले व्यक्त गरेको उक्त अभिव्यक्तिको अर्थराजनीतिमा विचारलाई व्यक्तिगत झगडाको विषय बनाउनु हुँदैन भन्ने थियो।
 
जनमत संग्रहमा बहुदल र निर्दलमा भोट हालेको आधारमा जनताको बीचमा कुनै कलह नहोस्, आपसी सौहार्दता र सामाजिक सद्भाव नबिथोलियोस् भन्ने बीपीको अपिल थियो। बहुदलमा वा निर्दलमा भोट हाले पनि नागरिको बीचमा नहोस् भन्ने बीपीको अभिप्राय थियो। 'निरंकुशताको स्रोतमा प्रहार गर्ने हो तर नागरिक नागरिकबीच कलह गर्ने होइन’भन्ने बीपीको स्पष्ट सन्देश थियो। 

चाहेको भए त्यतिबेला बीपीले कांग्रेस र पञ्चहरूको बीचमा विद्वेषको आगो सल्काउन सक्थे। राजनीतिक हिंसालाई  जन्म दिएर लाभ लिने बाटो रोज्न सक्थे। तर बीपीले त्यसो गरेनन्। राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता र सद्भाव धेरै ठूलो कुरा हो भन्ने उनको दृढ मत थियो।
 
अहिले मुलुक संविधानको कार्यान्वयन र संघीयताको उचित व्यवस्थापनको महत्त्वपूर्ण घडीमा उभिएको छ। यस्तो चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अझ बलियो बनाउनुको विकल्प छैन। राष्ट्रिय एकतालाई कमजोर पारेर र सामाजिक सद्भावलाई नजरअन्दाज गरेर अगाडि बढ्ने हो भने माथि उल्लिखित दायित्व निर्वाह गर्न सम्भव हुने छैन। र, समकालीन राजनैतिक नेतृत्व पूर्ण रुपमा असफल सिद्ध हुनेछ।
 
बीपी जयन्ती मनाइरहँदा उनका कालजयी विचार र सन्देशलाई ग्रहण गर्दै राष्ट्रियता, सामाजिक सद्भाव र स्वाभिमानलाई केन्द्रबिन्दुमा राखेर निर्णयमा पुग्न वर्तमान राजनीतिक नेतृत्वलार्ई प्रेरणा प्राप्त होस् भन्ने कामना गरौं।

आलेखको प्रारम्भमा उल्लेख गरेजस्तै वर्तमान संकट सम्बोधनका लागि बीपीका विचार सहयोगी हुन सक्ने कुरा सबैले मनन गर्न बुझ्न आवश्यक छ। यस्तो आवश्यकता बीपीका अनुयायीहरूलाई मात्र होइन, वर्तमान सत्ताधारीहरूलाई समेत उत्तिकै छ। श्रद्धेय बीपी कोइरालाप्रति हार्दिक श्रद्धाञ्जलि !
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...