शुक्रबार, वैशाख १४, २०८१

आज मोदी र ओलीले पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल र भारतका प्रधानमन्त्रीले दक्षिण एसियाको पहिलो क्रस बोर्डरका रूपमा रहेको मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको मंगलबार संयुक्त रूपमा उद्घाटन गर्दैछन् ।

दिउँसो १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित प्रधानमन्त्री कार्यालय र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित कार्यालयबाट स्वीच थिचेर पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम छ ।  

नेपाल आयल निगमका अनुसार भारतीय प्रधानमन्त्री मोदीले सेन्डिङ बटन र काठमाडौंमा प्रधानमन्त्री ओलीले रिसिभ बटन थिथेर पाइपलाइन उद्घाटन गर्नैेछन् । पाइपलाइनमा डिजेल तयारी अवस्थामा राखिएको हुँदा बटन थिच्नासाथ डिजेल आउन सुरु गर्ने निगमले जनाएको छ । 

२०६१ सालमा नेपाल र भारतबीच भएको सम्झौता अनुसार पाइपलाइन निर्माण भएको हो । 

पाइपलाइन निर्माणमा भारत सरकारको चार अर्ब ४० करोडको आर्थिक सहयोग छ । पाइपलाइनको कूल लम्बाई ६९.२ किलोमिटर रहेको छ, जसमा भारततर्फ ३३.२ किलोमिटर तथा नेपालतर्फ ३६ किलोमिटर छ । 

पाइपलाइनबाट प्रतिघण्टा दुई सय ९४ किलोलिटर पेट्रोलियम पदार्थ आउने छ । नेपाल आयल निगमको अमलेगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्यांकीसमेत निर्माण गरिएको छ । 

अहिले पाइपलाइनबाट डिजेल मात्रै ल्याइनेछ । पेट्रोल र मट्टीतेलका लागि भण्डारणस्थल नबनेकाले पाइपलाइनबाट अहिले डिजेलमात्रै ल्याइने भएको हो । 

पाइपलाइन सञ्चालन भएसँगै वार्षिक दुई अर्ब रूपैयाँ बचत हुने बताइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।