शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • १७ वटा जलविद्युत कम्पनीको शेयर सय रुपैयाँ भन्दा कममा कारोबार 

१७ वटा जलविद्युत कम्पनीको शेयर सय रुपैयाँ भन्दा कममा कारोबार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- १७ वटा जलविद्युत कम्पनीको शेयर न्युनतम मूल्य भन्दा कम मूल्यमा कारोबार भइरहेको छ। साधारणतया कुनै पनि कम्पनीको शेयर मूल्य साधारण शेयर (आइपीओ) जारी गर्दा भन्दा कममा कारोबार हुदैन।

तर नेपालका १७ वटा जलविद्युत कम्पनीहरुको शेयर मूल्य न्युनतम मूल्य (सय रुपैयाँ) भन्दा कममा कारोबार भइरहेको छ। यसरी कारोबार हुने कम्पनीहरुमा जलविद्युत कम्पनीका मात्र न्युनतम मूल्यभन्दा कम रुपैयाँमा कारोबार भइरहेको छ।

सय रुपैयाँ भन्दा कम हुने कम्पनीहरुमा कालिका पावर कम्पनी, पञ्चकन्या माइ हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, युनिभर्सल पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, बरुण हाइड्रो पावर,छ्याङदी हाइड्रोपावर कम्पनी रहेको छ। 

त्यस्तैगरी दिव्यश्वरी हाइड्रो पावर,घलेम्दी हाइड्रो लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, नेशनल हाइड्रोपावर कम्पनी, रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, युनियन हाइड्रोपावर र युनिभर्सल पावर कम्पनी रहेका छन्। 

विषेषगरी कम्पनीहरुले बार्षिक वित्तीय विवरण र उसले दिनसक्ने लाभांशलाई हेरेर मात्र लगानीकर्ताहरुले दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएका कम्पनीको शेयर किन्छन्। 

नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार विगतमा जलविद्युत कम्पनीको अनुगमन र नियमनको लागि कुनै व्यवस्था नभएको हुँदा जलविद्युत क्षेत्रका लगानीकर्ताहरुको गुनासो सुन्ने र सम्बोधन गर्ने कुनै निकाय थिएन।

जसले गर्दा यो क्षेत्र वेवारिसे थियो तर अब सरकारले विद्युत नियमन आयोग बनाएर नियमन गर्ने भएको छ। जसले गर्दा जलविद्युतको नियमन हुन थालेपछि सेयर बजारमा पनि जलविद्युत क्षेत्रको शेयर न्युनतम मूल्य भन्दा कममा कारोबार हुदैन। 

गिरीले शेयर बजारमा कुनै पनि कम्पनीको डिमान्ड र सप्लाईको अनि नाफाको आधारमा लगानीकर्ताहरुले लगानी गर्ने गरेको बताउँदै जतिवटा कम्पनीहरुको दोस्रो बजारमा शेयर मूल्य न्युनतम मूल्य भन्दा कम छ ति सबैको वित्तीय विवरण हेरेपछि मात्र आफूले स्पष्ट रुपमा भन्न सक्ने बताए।

कुनै पनि व्यक्तिले लगानी गर्दा आफूले पाउने नाफा हेर्छ, ती कम्पनीहरुबाट पाउने लाभांश निक्कै कम वा पाउने सम्भावना कम देखेपछि लानीकर्ताहरुले ती कम्पनीहरुमा लगानी गर्न नचाहेका कारण कम्पनीको मूल्य घटेको हो। 

न्युनतम मूल्य (एक सय) रुपैयाँ भन्दा कम भएका ती १७ कम्पनीहरुमाथि आइपिओ बिकाउन नराम्रा विवरण लुकाएको आरोपमा नेपाल धितोपत्र बोर्डले अनुसन्धान गरिरहेको छ। तर ति कम्पनीहरुको रिपोर्ट आइसकेको छैन।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्