१. चीनले पाकिस्तानमा एक अर्ब डलर बराबरका विकास परियोजनाहरुमा लगानी गर्ने भएको छ। पाकिस्तानका लागि चिनियाँ राजदूत याओ जिंगले आईतबार यस्तो जानकारी दिएका हुन्। उनका अनुसार चीन र पाकिस्तान द्विपक्षीय सम्बन्धलाई अझ मजबूत बनाउन यस्ता कदम अघि बढाइएको बताए।
२. ग्रीसेली प्रधानमन्त्री किरियाकोस मिचोताकिसले सर्वहितकारी आर्थिक सामाजिक उन्नतीका खातिर एकजुट हुन मुलुकका सबै सरोकारवाला पक्षहरुलाई आह्वान गरेका छन्। उनले बाह्र महिने कार्ययोजना प्रस्तुत गर्दै विभिन्न शिर्षकमा राज्यद्वारा असुल गरिँदै आएको करहरुमा ब्यापक कटौती गर्ने जस्ता लोककल्याणकारी कार्यहरु उक्त योजनामा समेटेका छन्। ग्रीस हालसालै निकै ठूलो आर्थिक संकटबाट बौरिएको युरोपेली मुलुक हो।
३. मध्यपूर्वका लागि अमेरिकी शान्ति दूत जेशन ग्रीनब्लाटको राजीनामापछि मध्यपूर्व शान्ति प्रकृयामा अन्योल देखा परेको छ। उनको राजीनामा आएपछि प्यालेस्टाइन पक्षले अमेरिकासँग मध्यपूर्वका सामाजिक–राजनीतिक समस्याहरु प्रति अमेरिकी क्षेत्रीय नीति अत्यन्तै संवेदनशील हुनु पर्ने भन्दै त्यसप्रति ध्यानाकर्षण गरेको छ।
४. लिबियाको पूर्व क्षेत्रीय सैन्य कमाण्डको टोलीले त्रिपोली विमानस्थलमा आक्रमण गरेको छ। राजधानीस्थित मितिगा अन्तर्राष्ट्रिय विमानस्थललाई त्यस कमाण्डको हवाई टुकडीले हमला गरेको हो।
५. चिनियाँ स्टेट काउन्सिलर तथा विदेश मामिला मन्त्री वाङ यीले पाकिस्तान र अफगानिस्तानका विदेश मन्त्रीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। उक्त भेटका क्रममा विदेश मन्त्री यिले क्षेत्रीय शान्ति र स्थिरताका लागि जिम्मेदारढंगले आ–आफ्नो स्थानबाट यथासक्य योगदान गर्न आह्वान गरेका छन्।
६. अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबानको आक्रमण जारी रहेकाले हाल जारीरहेको शान्ति वार्ता हालका लागि स्थगित गरिएको बताएका छन्। त्यसको साथसाथै क्याम्प डेभिडमा हुने तय भएको तालिबान पक्ष र अमेरिकी आफूसँगको गोप्य भेटवार्ताको तालिका समेत रद्द गरिएको जनाएका छन्।
७. चीनमा आएको भूकम्पमा एकको मृत्यु भएको समाचार छ। चीनको वाईयुयान क्षेत्रमा गएको उक्त भ्यूकम्पमा परी २९ जना घाइते भएको जनाइएको छ। स्थानीय समय अनुसार आइतबार बिहान ६.४२ बजे आएको उक्त भूकम्प ५.४ म्याग्नीच्युडको रहेको थियो।
८. युक्रेन र रुसबीच बन्दी आदानप्रदान गर्ने एक सम्झौता भएका छन्। उक्त सम्झौताले आ–आफ्ना देशमा रहेका एकअर्काका कैदीबन्दीहरुलाई रिहा गर्न दुई देश राजी भएका छन्।
९. मुगाबेलाई राष्ट्र नायक घोषणा गरिएको छ। जिम्बाबेका राष्ट्रपति इमर्सन मनाङगावाले पूर्वराष्ट्रपति मुगावेको योगदानलाई कदर गर्दै यस्तो घोषणा गरिएको बताए।
१०. भारतीय केन्द्र सरकारले मन्त्रीहरुलाई एक सय दिनको ‘प्रोग्रेस रिपोर्ट’ पेश गर्न उर्दी जारी गरेको छ। सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा केन्द्रीय १७ मन्त्रीले प्रगति विवरण प्रस्तुत गर्ने बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४