बिहीबार, वैशाख १३, २०८१

विश्वका अपराधीको अखडा बन्दै नेपाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरहरुलाई प्राथमिकतामा पारेका छन् ।
 
नयाँ पत्रिकाले नेपालमा विश्वका विभिन्न देशका अपराधिहरुको क्रियाकलाप बढेको विषयलाई मुख्य समाचार बनाएको छ ।

उदार भिसा नीति, कमजोर नियमन प्रणाली, खुकुलो कानुन, पुरानो प्रविधिको प्रयोग तथा खुला सिमानाका कारण नेपाल विश्वका अपराधीको अखडा बन्दै गएको छ ।

यस्तै एमएड प्रथम सेमेस्टरमा एडभान्स एजुकेशन साइकोलोजीको परिक्षामा अर्कै विषयका प्रश्न सोधेको विषयलाई पनि महत्वका साथ छापेको छ। उसले परीक्षा एउटा विषयको प्रश्नपत्र अर्कैको शीर्षकमा यो खबर लेखेको छ ।
 
आजको अन्नपूर्ण पोस्ट्ले भने बाजुराका स्याउले बजार नपाउँदा एक रुपैयाँमा ३ दाना बेच्न स्थानीय बाध्य भएको विषयलाई मुख्य समाचार बनाएको छ। जहाँ १० लाख किलो स्याउ फल्छ । तर, बजार नहुँदा बस्तुलाई कुँडो बनाएर खुवाउन कृषक बाध्य छन् ।
 
यस्तै सर्वोच्च अदालतले २ वर्ष नाघेका पुराना मुद्दा एक वर्ष भित्र टुङ्गो लगाउन सबै अदालतलाई परिपत्र गरेको विषयलाई पनि अन्नपूर्णले महत्वका साथ छापेको छ।

त्यस्तै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भ्रष्टाचारका कारण समृद्धि छेकिएको भनेर दिएको अभिब्यक्तिलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा स्थान दिएको छ।
 
नागरिक दैनिकले शक्तिका आडमा अपराध शीर्षकमा मुख्य समाचार छापेको छ। सुदुरपश्चिम प्रदेशमा बढेको हत्या, विस्फोट, लुटपाटलगायतका घटना बढेको आधारमा नागरिकले यो समाचार लेखेको हो ।
 
यस्तै भारतले पठाएको चन्द्रयान २ चन्द्रमामा पुग्न असफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैज्ञानिकहरुलाई सान्त्वना दिएको विषयलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ । 

कान्तिपुर दैनिकले संविधान दिवसलाई भब्य बनाउन सरकारले उर्दी जारी गरेको विषय र मुलुकमा ७० व्यक्ति डेंगु संक्रमित भएको विषयलाई प्राथमिकताका साथ छापेको छ। 

विश्वका अपराधीको अखडा बन्दै काठमाडौं 

नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार उदार भिसा नीति, कमजोर नियमन प्रणाली, खुकुलो कानुन, पुरानो प्रविधिको प्रयोग तथा खुला सिमानाका कारण नेपाल विश्वका अपराधीको अखडा बन्दै गएको छ । 

पाँच वर्षमा प्रहरीले दुई हजार नौ सय ४० विदेशी पक्राउ गरेको छ । त्यस्तै, अध्यागमन विभागले करिब पाँच सय विदेशीलाई पक्राउ गरी कारबाही गरेको छ ।

विगतका वर्षमा भारतीय बढी पक्राउ पर्ने गरेकामा पछिल्लो समय अर्को छिमेकी चीनसहित विश्वका विभिन्न देशका नागरिक पनि पक्राउ पर्ने गरेका छन् । 

यस्तै आर्थिक वर्ष ०७५/७६ मा अध्यागमन विभागले करिब ६ सय विदेशीलाई नेपालबाट निष्कासन गरेको छ । निश्चित समय नेपाल आउन नपाउने गरी निष्कासन गरिएको छ । जसमा सबैभन्दा धेरै चिनियाँ छन् । 

४१ देशका १२ सय नागरिक नेपाली जेलमा

विभिन्न प्रकृतिका अपराधमा संलग्न एक हजार एक सय ९५ विदेशी नेपालको जेलमा छन् । त्यसमध्ये करिब आधा भारतीय रहेको कारागार व्यवस्था विभागका कामु महानिर्देशक वासुदेव घिमिरे बताउँछन् । 

बाँकी विश्वका ४० भन्दा धेरै देशका नागरिक छन् । जसमध्ये पाकिस्तान, भुटान, बंगलादेश, चीन, रसिया, बोलिभिया, सोमालिया, नाइजेरियालगायतका नागरिक धेरै रहेको घिमिरेले बताए । 

भारतीय नागरिक सबै किसिमका अपराधमा छन् । अफ्रिकी देशका नागरिक धेरैजसो ठगीमा समातिएका छन् । चिनियाँहरू सुन तथा अवैध डलर तस्करी मुद्दामा जेल परेका छन् ।

७० हजारलाई डेंगु

कान्तिपुरमा प्रकाशित समाचारअनुसार पछिल्लो समय प्रकोपका रूपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै वैशाखयता करिब ७ हजार छन् । निजी अस्पतालमा जँचाएका र अस्पताल आइनपुगेका बिरामी संख्या जोड्दा करिब ७० हजार पुग्ने चिकित्सकको आकलन छ ।

ईडीसीडीको तथ्यांकअनुसार वैशाखदेखि असारसम्म ३ हजार ४ सय २५ जना र साउनयता ३ हजार ५ सय ८० जना उपचार गराउन अस्पताल आइपुगेका छन् । 

‘यो सरकारी क्षेत्रको रिपोर्टेड तथ्यांक हो, निजी क्षेत्रका धेरै केस रिपोर्टिङ भएका छैनन्,’ ईडीसीडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. प्रकाश शाहले भने, ‘हाम्रै तथ्यांकलाई आधार मान्ने हो भने पनि डेंगुका बिरामी करिब ७० हजार हुनुपर्छ ।’ 

सरकारी तथ्यांकअनुसार हालसम्म ४८ जिल्लामा डेंगु देखिएको छ । यो रोगले ४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने थप दुई जनाको मृत्यु डेंगुले भएको हो/होइन प्रमाणीकरणको प्रक्रियामा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।