काठमाडौं- काठमाडौंको माछापोखरी भन्ने स्थानबाट हतियारसहित ७ जना पक्राउ परेका छन्।
शनिबार अपराह्न २ थान पेस्तोलसहित प्रहरीले ७ जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरु कुनै अपराधिक समूहको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४