सुर्खेत- अविरल वर्षासँगै गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
कालिकोटको तिलागुफा नगरपालिका-७, टाकुल्ला खोलामा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो । बाढीले सडक बगाएपछि शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध भएको हो ।
राजमार्ग अवरुद्ध हुँदा यात्रु बाटोमै अलपत्र परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, कालिकोटका प्रहरी निरीक्षक यक्षराज जोशीका अनुसार सडक डिभिजन कार्यालय, जुम्लाले दुई डोजर लगाएर पहिरो पन्छाइरहेको छ ।
कर्णालीको लाइफलाइनका रूपमा हेरिने याे राजमार्ग पहिरोका कारण बर्सेनि अवरुद्ध हुने गरेको छ । तर, राजमार्गको स्तरोन्नति गर्नतर्फ राज्यले चासो नदिएकाे स्थानीयको गुनासो छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४