बुधबार, वैशाख ५, २०८१

एकै खेलमा मालिंगाका चार कीर्तिमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एजेन्सी-श्रीलंकाका अनुभवि तिब्र गतिका बलर लाथिस मालिंगाले अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा चार नयाँ कीर्तिमान बनाएका छन्। शुक्रबार न्युजिल्यान्डविरुद्ध भएको सिरिजको अन्तिम खेलमा उनले आफ्नो क्रिकेट जीवनमा थप चार कीर्तिमान बनाएका हुन्। 

उनले तीन खेलको रिसिजनको अन्तिम खेलमा पाँच विकेट लिए। यससंगै मालिंगाले अन्तराष्ट्रिय टी-२० क्रिकेटमा सबै भन्दा छिटो एक सय विकेट पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले आफ्नो ७६ औं खेलमा एक सय विकेटको आँकडा पुरा गरेका हुन्। 

मालिंगाले पाकिस्तानका पूर्व कप्तान शाहिद आफ्रीदीको ९७ विकेटको रेकर्ड न्युजिल्यान्डविरुद्ध आइतबार भएको खेलका तोडेका थिए। न्युजिल्यान्डविरुद्ध सिरिजको अन्तिम खेलमा मालिंगाले लगातार चार बलमा चार विकेट लिँदै अर्को कीर्तिमान समेत बनाए। 

उनले आफ्नो दोस्रो ओभरको तेस्रो बलमा कोलिन मुन्रोलाई बोल्ड गर्दै पहिलो विकेट लिँदा चौथो बलमा हामिश रुथरफोर्डलाई एलबिडब्लु आउट गर्दै पेसिभलियन फर्काए। सोहि ओभरका पाँचौ बलमा कोलिन डी ग्राण्डहोमलाई बोल्ड गर्दै ह्याट्रिक पुरा गर्दा अन्तिम बलमा रोस टेलरलाई एलबिडब्लुको शिकार बनाए। 

उनले लगातार चार बलमा ४ विकेट लिने खेलाडीको कीर्तिमान बनाए। मालिंगाले दोस्रो पटक ४ बलमा ४ विकेट लिएका हुन्। यससंगै उनी टी-२० अन्तराष्ट्रियमा दुई ह्याट्रिक लिने पहिलो खेलाडी बने।

टेस्टबाट २०११ मा सन्या लिएका ३६ वर्षीय मालिंगा अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच पटक ह्याट्रिक लिने पहिलो खेलाडी समेत हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।