काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फ)ले आयोजना गर्दै आएको ‘शहिद स्मारक ए डिभिजन लिग’ मंसिर अन्तिम साताबाट सुरु हुने भएको छ।
शुक्रबार एन्फाले प्रेश विज्ञप्ती सार्वजनिक गर्दै लिग मंसिर २८ देखी सुरु हुने जनाएको हो। आगामी वर्षदेखी लिग स्थिायी रुपमा हरेक नोभेम्बर १ तारिखदेखी संचालन हुने एन्फाको प्रेश विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
लिगमा ए श्रेणीका १४ वटा क्लबको सहभागिता रहनेछ। सहभागी १४ वटा क्लबले लिग खेल्ने आफ्ना १८-१८ जना खेलाडीको नाम एन्फामा दर्ता गरिसकेको एन्फले जनाएकोछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४