बिहीबार, वैशाख १३, २०८१

दोहोरो विवरण पेश गर्नेले ऋण नपाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौ- दोहोरो वित्तीय विवरण पेस गरेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाइने भएको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शुक्रबार परिपत्र गरी ऋण प्रवाह गर्दा नजिकको आन्तरिक राजस्व कार्यालयमा बुझाएको वित्तीय विवरणसँग दाँजेर मात्र ऋण प्रवाह गर्न निर्देशन दिएको छ।

बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमूख कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार वित्तीय पारदर्शिताका लागि अब व्यसायीहरुले आन्तरिक राजस्व कार्यालयमा पेश गरेको वित्तीय विवरण र बैंक तथा वित्तीय संस्थामा पेश गरेको वित्तीय विवरण एकै भएमा बैंकले ऋण प्रवाह गर्न सक्नेछन्। यदि फरक परेमा भने ऋण माग गरिए पनि बैंक तथा वित्तीय संस्थाले ऋण दिन मिल्दैन। 

यसअघि फरक वित्तीय विवरण पेश गरे पनि ऋणीले कर्जा मागेको खण्डमा बैंकहरुले ऋण प्रवाह गर्दै आएका थिए। अबदेखि भने त्यसरी ऋण दिन मिल्दैन। 

बैंकहरूले आफू दर्ता भएको सम्बन्धित कर कार्यालयबाट युजरनेम र पासवर्ड लिन सक्ने र सो युजरनेम र पासवर्ड कार्यालयको प्रणालीमा प्रविष्ट गरेपछि सम्बन्धित ऋणीले कर कार्यालयमा पेश गरेको वित्तीय विवरणहरू बैंकले प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ। 



व्यवसायीहरुले बैंकमा र आन्तरिक राजस्व कार्यालयमा छुट्टाछुट्टै  वित्तीय विवरण पेश गरी ऋण लिइरहेका थिए। आन्तरिक राजस्व कार्यालयमा कम्पनी घाटामा गएको वा थोरै नाफा कमाएको देखाएर थोरै मात्र राजस्व तिर्ने गरेको र बैंकमा धेरै नाफा कमाएको वित्तीय विवरण बुझाएर धेरै ऋण लिने गरेका छन्। 

यसरी ऋण प्रवाह हुदा एकातिर सरकारले राजस्व गुमाउने अर्को्तिर बैंक तथा वित्तिय संस्थाहरुले व्यवसायीहरुले तिर्नसक्ने भन्दा बढी रकम ऋण लिएर निष्कृय कर्जा बढ्दै जाने हुदा राष्ट्र बैंकले कर्जा प्रवाहमा कडाई गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्