काठमाडौं- सुन तोलामा १४ सय रूपैयाँले ओरालो लागेको छ ।
बिहीबार प्रतितोला ७३ हजार ४०० रूपैयाँमा कारोबार भएको सुन शुक्रबार ७२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
तेजावी सुन भने प्रतितोला ७१ हजार ७०० रूपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्य पनि प्रतितोला ४० रूपैयाँ घटेर ९०० रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४