मंगलबार, वैशाख ११, २०८१

सेक्स, ड्रग्स तथा पैसा विवादले आपराधिक घटना बढ्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- गत साउन १६ गते काठमाडौंको कलंकीस्थित नारायणी गेस्ट हाउसमा कार्यरत विवेक सोनामलाई ग्राहकले तेस्रो तलाबाट फ्याकेर हत्या गरे। तीन तलामाथि रहेका पाँचजना ग्राहकलाई खाना पुर्याउन पुगेका सोनाम झ्यालबाट फ्याँकिएका हुन्। 

त्यसको भोलिपल्ट भदौ १७ गते राति कपनको सरस्वती नगरमा दुई समूहबीचकोे झडपमा संखुवासभा, बारपोखरी-६ का १८ वर्षीय सञ्जय राईको ज्यान गयो। 

प्रहरीका अनुसार दुवै घटना अत्यधिक मदिरा सेवनपछिको विवादका कारण भएका हुन्। 

गत असार १५ मा भक्तपुरको चाँगुनारायणमा छोरी ईश्वरीको योजनामा आमा सावित्री भट्टराईको हत्या भयो। 

श्रीमान, एक छोरा र आमासहित चाँगुनारायणको बाँसबारीमा बस्दै आएकी ईश्वरीको एउटै कारखानामा काम गर्ने मोहम्मद नौसादसँग सम्बन्ध रहेको आमाले थाहा पाएपछि उनले आमाको हत्या गराएको प्रहरीले जनाएको छ। 

महानगरीय अपराध महाशाखा प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापा पछिल्ला घटनाक्रमले सेक्स, ड्रग्स तथा पैसाको विवादले आपराधिक घटना बढेको पाइएको बताउँछन्। रक्सी र ड्रग्स जस्ता मादक पदार्थ, विवाहेत्तर यौन सम्बन्ध तथा आर्थिक कारोबारमा हुने विवादका कारण अपराराधका घटना बढन थलेपछि प्रहरीले त्यस्ता क्षेत्रमा निगरानी बढाएको थापाको भनाई छ। 

नेपाल समयसँग कुरा गर्दै वरिष्ठ प्रहरी उपरीक्षक थापाले भने, “लागूऔषध प्रयोग, मादक पदार्थको सेवन, यौन व्यावसाय आदिका कारण अपराध बढी हुने गरेको पाइएकोले त्यस्ता क्षेत्रमा हामीले निगरानी बढाएका छौं।” 

वालुवाखानी, क्रसर उद्योग, होटल, रेस्टुरेन्ट र यातायात व्यवसाय जस्ता क्षेत्रमा समेत पछिल्लो समय आपराधिक क्रियाकलाप बढेको महाशाखाले जनाएको छ। 

पछिल्लो समय होटेल, यातायात, क्रसर तथा बालुवाखानी नजिकका क्षेत्रमा अपराधका घटना बढ्न थालेपछि त्यस्ता ठाउँमा विशेष टोली नै परिचालन गरेको थापा बताउँछन्। उनी भन्छन्, “राजधानीमा एक हप्तामै दुई युवाको ज्यान गएको छ । दुवै घटनामा लागुऔषध तथा नसालु पदार्थको प्रयोग भएको देखिन्छ।” 

प्रहरीले समयमै सूचना प्राप्त गरेका कारण पछिल्ला घटनामा संलग्न अभियुक्तहरू पक्राउ परेको थापा बताउँछन्। 

महाशाखाले नजिकिँदै गरेको चाडवाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको एसएसपी थापाको भनाई छ। उनले उपत्यकाका विभिन्न नाकामा एम्बुस क्याम्प स्थापना गरेको, सादा पोसाकका प्रहरी परिचालन गरिएको र शंकास्पद व्यक्तिमाथि निगरानी बढाइएको बताए। 

यसपटकको हरितालिका तीजका अवसरमा महिलामाथि हुने हिंसा र लुटपाटका घटना पनि निकै कम भएको प्रहरीको दाबी छ। 

अपराध र त्यसमा जोडिएका कतिपय अभियुक्तलाई छाड्न वा पक्राउ नगर्न दबाब आउने गरेको बताउँछन् एसएसपी थापा। उनी भन्छन्, “तर, अपराधीलाई कसैको दबाबमा छोड्ने भन्ने कुरै हुँदैन।”

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।