शनिबार, वैशाख ८, २०८१

अझै तीन दिन भारी वर्षा हुने : कहाँ-कहाँ बाढीको जोखिम ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- मनसुन पुनः सक्रिय भएसँगै देशका विभिन्न भागमा भारी वर्षा भएको छ । 

लगातार झरि नपरे पनि साँझ र बिहानको समयमा भने देशका धेरै ठाउँमा भारी वर्षा भएको छ । यो क्रम अगामी तीन दिनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

अहिले पनि नवलपरासी, रुपन्देही, कैलाली लगायतका पश्चिमी जिल्लामा वर्षा भइराखेका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

काठमाडौं उपत्यकामा अहिले पानी पर्नेक्रम रोकिए पनि साँझ पुनः वर्षा हुन सक्ने उनले नेपाल समयलाई बताए । उनका अनुसार शुक्रबार बिहान मात्रै काठमाडौंमा २२ मिलिमिटर वर्षा भएको छ । 

उत्तर उडिसा र पश्चिम बंगाल नजिकै न्यूनचापीय प्रणाली कायम रहँदा आज दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिम र मध्य भेगका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ । आगामी तीन दिनसम्म बदली र वर्षा भइरहने मौसमविद् श्रेष्ठले जानकारी दिए । केही समय निकै वर्षा हुने र केही समयमा नै सुधार हुने खालको मौसम रहेकाले सतर्क रहन उनले आग्रह गरे । 

कहाँ कहाँ बाढीको जोखिम

देशका विभिन्न ठाउँमा भारी वर्षा भएसँगै देशमा साना ठूला सबै नदीहरुमा बाढीको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि देशका प्रमुख नदीहरुमा वहाव बढ्न सक्नेछ ।  

आज सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, काठमाडौं, नुवाकोट, रसुवा, धादिङ्ग, गोरखा, तनहुँ कास्की, नवलपरासी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका नदीमा वहाव बढेको महाशाखाले जनाएको छ ।  

त्यस्तै, आज राति सुर्खेत, दैलेख,जाजरकोट, जुम्ला र कालिकोटका साना नदीमा आकस्मिक वहाव हुन सक्ने जनाइएको छ । 

गएरातिदेखि नै दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ्ग, गोरखा लमजुङ्ग, मकवानपुर, चितवन, नवलपरासी, कास्की, पर्वत, स्याङ्गजा, प्युठान, रोल्पा, सल्यान, रुकुम, सुर्खेत, जाजरकोट र आसपास मध्यम वर्षा भएको र नदीमा बहाव बढ्दो रहेको सो महाशाखाको भनाइ रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।