चरिकोट- लगातार परेको वर्षासँगै दोलखाको सुन्द्रावती खोलामा आएको बाढीले जीप बगाउँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार राति ११ बजे सिंगटीबाट चरिकोट आउँदै गरेको बा १९ च ४३९० नम्बरको जीपलाई बगाउँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा तामाकोसी गाउँपालिका–३, जफेका २४ वर्षीय अनिश पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । यस्तै तामाकोसी गाउँपालिका–३, जफेका विकज पोखरेल र रामेछाप लिखु तामाकोसी गाउँपालिका–२ का पवन पौडेल घाइते भएका छन् ।
उनीहरुको सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीपलाई खोलाले बगाएर करिब १० मिटर तल पुर्याएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४