काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतसँग लज्जास्पद हार ब्यहोरेको छ।
कतार विश्वकप २०२२ को छनोट अन्तर्गत दोस्रो चरणको एसिया छनोटको पहिलो खेलमा कुवेतसँग ७-० को लज्जास्पद हार ब्यहोरेको हो।
घरेलु टालीको जितका लागि युसेफ नासिरले दुई, अब्दुल्लाह मावी, फहाद अल हाजेरी, बदेर अल मुट्वा, रिडा हानि र हुसेन अल मोसाविले एक एक गोल गरे ।
खेलको पहिलो हाफमा २-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ५ गोल खान पुग्यो। खेलको छैटौं मिनेटमा नासिरको गोलबाट नेपाल पछि परेको थियो। १४ औं मिनेटमा अल हाजेरीले गोल गर्दै नेपाल पलिहो हाफमा २-० ले पछि परेको हो।
खेलको ५१ औं मिनेटमा नासिरले व्यक्तिगत दोस्रो गोल घरेलु टोलीको अग्रता तेब्बर पारे। ५९ औं मिनेटमा अब्दुल्लाहले गोल गर्दा कुवेत ४-० ले अघि रह्यो ।
खेलको ८६ औं मिनेटमा अल मुट्वाले गोल गर्दै ५-० को अग्रता दिलाउँदा खेलको इन्जुरी समयमा मात्र थप दुई गोल भएको थिए। इन्जुरी समय रिडा हानि र मोसाविले गोल एक एक गोल गर्दै नेपाल कुवेतसँग ७-० को लज्जास्पदहार ब्यहोरेको हो।
कुवेतसँगको फराकिलो हारसँगै समूह ’बी’ को नेपालले विश्वकप छनोटमा खराब सुरुवात गरेको छ । कुवेतले भने पहिलो खेलमा ३ अंक जोडेको छ । अब नेपालले भदौ २४ गते चाइनिज ताईपेसँग उसैको मैदानमा खेल्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४