शुक्रबार, वैशाख १४, २०८१

पेस्तोलसहित पक्राउ पर्नेको असलियत यस्तो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी - कैलालीको धनगढी-३  चटकपुरबाट ४ थान पेस्तोल, सुन र विभिन्न कागजातसहित पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय कैलालीले बुधवार पक्राउ परेका तीनै जनालाई बिहीबार सार्वजनिक गरेको हो। प्रारम्भिक अनुसन्धानबाट उनीहरु हातहतियार र मिटरव्याजको कारोबारी रहेको खुलेको प्रहरीले जनाएको छ।
 
धनगढी उपमहानगरपालिका–६ मटियारीका सञ्जय राणा भनिने सञ्जय समशेर राना, सोही ठाउँका कमल बहादुर बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारीलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो। प्रहरीले उनीहरुको साथबाट चार थान पेस्तोल, तीन सय ७९ दशमलव ३६ ग्राम सुन, तमसुक र राष्ट्र बैंकका नक्कली कागजातसमेत बरामद गरेको छ। 

विभिन्न व्यक्तिका नाममा रहेका १८ करोड तीन लाख ६४ हजार बराबरका २३ थान तमसुक समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिए। विभिन्न व्यक्तिका नाममा काटेका र खाली गरि ५७ थान चेक पनि बरामद गरिएको उनले बताए। चेकमा कुल दुई करोड ४५ लाख रुपैयाँ उल्लेख छ। उनीहरुको साथबाट नक्कली चेक पनि बरामद गरिएको छ। एक सय ६ करोड रुपैयाँको राष्ट्र बैंकको एउटै नक्कली चेक पनि बरामद गरिएको जिल्ला प्रहरीले जनाएको छ। 

विभिन्न सरकारी निकायका छाप र नक्कली पत्र तथा कागजहरु पनि उनीहरुको साथबाट प्रहरीले बरामद गरेको छ। 

यस्तै पक्राउ परेका सञ्जय रानाको नाममा दुईवटा नागरिकता भेटिएको छ। एउटा कैलाली र एउटा डोटीबाट उनले नागरिकता लिएको भेटिएको हो। नाइके रानाले आफ्नो नाममा नभएर सबै कारोबार रुद्र रानाको नामबाट गर्ने गरेको बुझिएको छ। उनीहरुले प्रयोग गर्ने बा २० च ४२२० नम्बरको टाटा नेक्सन गाडी र एक मोटरसाईकल पनि प्रहरीले बरामद गरेको छ। उक्त गाडी पनि अधिकारीकै नाममा रहेको खुलेको छ। 

प्रहरी उपरीक्षक गिरीले लामो समयदेखिको प्रयासपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको बताए। अहिले प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु मिटर ब्याज र हातहतियारको कारोवारी भएको खुल्न आएपनि विस्तृत रुपममा अनुसन्धान गर्न बाँकी रहेको उनले जानकारी दिए। राना अन्य आपराधिक गतिविधिमासमेत संलग्न रहेको आशंका प्रहरीले गरेको छ। 

विभिन्न व्यक्तिबाट पैसा ठगी गरिरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दा उक्त समूह पक्राउ परेको गिरीले जानकारी दिए। जिल्ला अदालतबाट सात दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

को हुन राणा ? 

स्थायी घर डोटीको केआईसिंह गाउँपालिकामा रहेका राणाको केही वर्ष अगाडि धनगढीको मट्यारीमै सामान्य घर थियो। उनको पारिवारिक अवस्था सामान्य नै थियो। एकाएक उनले मट्यारीमै आलिसान घर बनाए, कारमा हिड्न थाले, सुनका महंगो सिक्री लगाउन थाले र ठूला होटलहरुमा भोज भतेरको कार्यक्रमसमेत आयोजना गर्न थाले। 
देखिने गरि कुनै पनि कारोबार नभए पनि उनको जीवनशैली एकाएक फेरियो, एकाएक धन सम्पत्ति जोडेपछि छिमेकमासमेत चर्चाको विषय बन्न थाल्यो। छिमेकीले सोध्दा जग्गाको कारोबार गर्छु भन्दै उनी सहजै जवाफ दिन्थे। तर अहिले उनी पक्राउ परेपछि द्वन्द्वकालदेखि नै हतियारको कारोबारी रहेको आशंका प्रहरीले गरेको छ।

अवैध हातहतियारको कारोबारका लागि उनले भारतमा पनि राम्रो सम्वन्ध बनाएको बुझिएको छ। यो क्षेत्रमा आपराधिक गतिविधिका लागि कसैलाई हतियार आवश्यक भए उनले नै बिक्री गर्दै आएका थिए। उनी यो क्षेत्रकै ठूलो जग्गा दलालसमेत हुन्। सस्तोमा जग्गा खरिद गरेर, वरपरको जग्गा हड्प्नका लागि उनले धम्की दिने गरेका थिए। नक्कली कागजात बनाएर पनि उनले जग्गाको कारोबार गर्दै आएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।