बुधबार, वैशाख १२, २०८१

एटीएमबाट निकाल्ने रकमको सीमा घटाइयो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–  नेपाल राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ । 

राष्ट्र बैंकले विहिबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गर्दै एटीएमबाट एक दिनमा कुल ६० हजार रुपैयाँ र एक पटकमा २० हजार रुपैयाँमात्रै निकाल्न पाउने व्यवस्था गर्न भनेको छ। 

यसअघि एक दिनमा १ लाख रुपैयाँ र एक पटकमा २५ हजार रुपैयाँसम्म निकाल्न सकिन्थ्यो ।

चिनियाँ ह्याकरले नक्कली भिसा कार्ड बनाई विभिन्न बैंकको एटीएम कार्डमार्फत् करोडौं रुपैयाँ लुटेको केही दिनमै राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको हो ।

एटीएमबाट न्यूनतम ५०० रुपैयाँ मात्रै झिक्न मिल्ने व्यवस्था भने कायमै छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्