बिहीबार, वैशाख ६, २०८१

सागको लोगो र मस्कट ‘किलर माउन्टेन’मा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को लोगो र मस्कट अंकित व्यानर ‘किलर माउन्टेन’ का नामबाट परिचित मानास्लु हिमालको चुचुरोमा पुर्‍याइने भएको छ ।

उक्त व्यानर आरोही प्रकाशराज पाण्डेले ८ हजार १ सय ६३ मिटर उचाईको हिमाल मनास्लुको चुचुरोमा लान लागेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले सफलताको शुभकामना दिदै प्रकाशलाई बिहीबार व्यानर हस्तान्तरण गरे । 

मनास्लुको चुचुरोमा पुर्‍याएको व्यानरलाई सागको उद्घाटान समारोहमा हस्तान्तरण गर्ने प्रकाशले जानकारी दिए । सेप्टेम्बर तेश्रो साता प्रकाश मनास्लु आरोहण गर्ने तयारीमा छन् । 

रामेछाप निवासी २८ वर्षीय प्रकाशले विश्वको सर्वोच्च शिखर सगरमाथा, अमादब्लम र आईल्यान्ड पिकको १–१ पटक सफल आरोहण गरिसकेका छन् । उनले बडेन पावेल स्काउट पिकको पनि २ पटक सफल आरोहण गरिसकेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।