बुधबार, वैशाख १२, २०८१

मेलम्चीमा गोली चल्यो, दुई घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - आफूले पाउनुपर्ने रकम माग गर्दै आन्दोलन गरिरहेका मेलम्ची खानेपानी आयोजना पीडितमाथि बिहीबार आयोजना रक्षार्थ बसेका सशस्त्र प्रहरीले गोली चलाएको छ। 

अम्बास्थानस्थित मेलम्ची खानेपानी आयोजना अगाडि शान्तिपूर्ण प्रदर्शनमा रहेका मजदुर, भेन्डर तथा सप्लायर्सहरुमाथि सशस्त्र प्रहरीले गोली चलाउँदा सन्तोष चौधरी र बालमुकुन्द अधिकारी घाइते भएका छन् ।
 
घाइते चौधरीलाई मेलम्ची अस्पतालले गोली झिक्न नसकेपछि काठमाडौं पठाएको छ भने अधिकारीको मेलम्ची अस्पतालमा उपचार भइरहेको मेलम्ची आयोजना पीडित संघर्ष समितिका संयोजक विष्णुमणी आचार्यले जानकारी दिए। उनीहरुको हात तथा शरीरका तल्लो तहका विभिन्न अंगमा गोली लागेको छ।

सरकारलले आयोजनाको पूर्व ठेकेदार सिएमसीबाट करिब चार अर्ब रुपैयाँ जफत गरेको बताएको थियो। तर, आयोजना बनाउँदा स्थानीय ठेकेदार र मजदुरलाई दिन बाँकी एक अर्ब ६७ करोड रुपैयाँ सो संघर्ष समितिले पीडितलाई उपलब्ध गराउन माग गर्दै बुधबारदेखि शान्तिपूर्ण धर्नामा बसेको थियो। 

बिहीबार अम्बास्थानस्थित मेलम्ची आयोजना हेर्न जानको लागि आन्दोलनकारीले आग्रह गर्ने क्रममा ठेलमठेल हुँदा सशस्त्र प्रहरीले गोली चलाएको र दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको हो। अश्रुग्यास प्रहारबाट दर्जनौं घाइते भएका आचार्यले जानकारी दिए। शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरेको आरोप प्रदर्शनकारीले लगाएका छन्।

आचार्यका अनुसार करिब ३ सय प्रदर्शनकारीहरु हातमा प्लेकार्डसहित शान्तिपूर्ण धर्नामा थिए। सरकारले सशस्त्र तथा जनपद गरी दर्जनौं प्रहरी उक्त क्षेत्रमा परिचालन गरेको थियो। मेलम्ची खानेपानीमा संलग्न भेन्डर तथा सब कन्ट्रयाक्टरहरुलाई सरकारले पैसा दिन नसक्ने बताएको थियो । संघर्ष समितिले सरकारको उक्त निर्णयलाई मजदुर तथा श्रमिक मार्ने प्रपञ्च रहेको आरोप लगाएको छ।
 
गत माघमा मेलम्ची खानेपानी परियोजना छाडेर भागेको सिएमसीसँग सम्बन्धित भई निर्माण सामग्री सप्लाइ गरेका तथा सबकन्ट्रयाक्टरका रुपमा विभिन्न निर्माण उपकरणसहित करारमा रहेका भेन्डरहरुलाई पैसा नदिने भन्ने निर्णय अमान्य र अन्यायपूर्ण भएको आन्दोलनकारीले आरोप लगाएका छन् ।

सरकारको उक्त निर्णय सच्चिनु पर्ने र आफ्नो लागत पाउनुपर्ने माग गर्दै उनीहरु संघर्षमा उत्रिएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।