काठमाडौं - सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ। बढेको मूल्य शनिबारदेखि लागु हुने भएको छ। उपभोक्ताले खरिद गर्दै आएको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय भएको दुग्ध विकास संस्थानले जनाएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिलिटर दूधमा ६ रुपैयाँ मूल्य बढाउन संस्थानलाई बिहीबार पत्राचार गरेको थियो। नयाँ मूल्य अनुसार उपभोक्ताले अब एक लिटरको दूधको ७६ रुपैयाँ तिर्नुपर्ने भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४