बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बेलायतका प्रधानमन्त्रीको आमनिर्वाचन गराउने प्रस्ताव अस्वीकृत

बेलायतका प्रधानमन्त्रीको आमनिर्वाचन गराउने प्रस्ताव अस्वीकृत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको समयअगावै आमनिर्वाचन गराउने प्रस्ताव सांसदहरूले अस्वीकृत गरेका छन् । 

हाउस अफ कमन्समा बुधबार आमनिर्वाचन गराउने प्रस्तावबारे भएको मतदानको पक्षमा आवश्यक दुईतिहाइ मत परेन । प्रस्तावको पक्षमा २९८ र विपक्षमा ५६ मत खसेको थियो । प्रस्ताव पास गर्न ४३४ मत आवश्यक थियो ।

सांसदहरूले सहमतिबिनाको ब्रेक्जिट रोक्न सक्ने विधेयक पारित गरेपछि प्रधानमन्त्रीले अक्टुवर १५ मा आमनिर्वाचनको प्रस्ताव पेश गरेका थिए । 

ब्रेक्जिट रोक्ने विधेयकबारे भएको मतदानको पक्षमा ३२७ र विपक्षमा २९९ मत खसेको थियो । 

यस्तै, ब्रेक्जिट विलम्ब गर्नुपर्ने प्रस्ताव गरिएको विधेयक पहिलो मतदान प्रक्रियाबाट पारित भएको थियो । विधेयकको पक्षमा ३३० मत र विपक्षमा ३०० मत खसेको थियो । 

पूर्वनिर्धारित कार्यतालिका अनुसार बेलायतले अक्टुबर ३१ मा युरोपेली संघ छाड्नुपर्नेछ । तर, बेलायतको संसद् ब्रेक्जिटको विपक्षमा देखिएको छ । 

ब्रेक्जिटको गतिरोध अन्त्य गर्ने दृढताका साथ करिब डेढ महिनाअघि प्रधानमन्त्री बनेका जोन्सन अहिले संसदमा अल्पमतमा परेका छन् । 

(एजेन्सीको सहयोगमा)
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।