शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • व्यवसायीको ‘बार्गेनिङ’ले दसैंको टिकट बुकिङ अनिश्चित  

व्यवसायीको ‘बार्गेनिङ’ले दसैंको टिकट बुकिङ अनिश्चित  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- यातायात व्यवसायीले दसैंको टिकट बुकिङ खोल्न शर्त राखेपछि भदौ २५ गतेदेखि खोल्ने भनिएको दसैंको टिकट बुकिङ अनिश्चित बनेको छ । 

व्यवसायीले टिकट बुकिङ खोल्नुअघि आवश्यक तयारी गर्नुपर्ने र वैज्ञानिकरूपमा भाडा समायोजन गर्नुपर्ने माग गरेपछि बुधबार यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको वार्ता निश्कर्षमा पुग्ने सकेन । छलफलमा व्यवसायीहरूले २०६९ सालपछि वैज्ञानिक रूपमा भाडा समायोजन नभएकाले जसरी पनि भाडा समायोजन गर्नुपर्ने माग गरेका थिए ।

टिकट बुकिङ अनिश्चित बनेपछि दसैंका लागि घर फर्कने यात्रु अन्योलमा परेका छन् । 

यातायात व्यवसायीले हरेक वर्ष चाडवाडका बेला ‘बार्गेनिङ’ गर्ने गरेको उपभोक्ताकर्मी बताउँछन् । 

विभागले अर्काे साता व्यवसायीसँग छलफल गरी टिकट बुकिङ खोल्ने जनाएको छ । टिकट बुकिङका लागि आवश्यक तयारी र अध्ययन गरेर अर्को साता व्यवसायीसँग छलफल गरिने विभागको योजना छ । विभागले अहिले सञ्चालन भएका रुट, आवश्यक पर्ने सवारी साधनबारे अध्ययन गर्ने जनाएको छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला व्यवसायीले सरकारसँग आफ्ना समस्या राखेकाले यसलाई बार्गेनिङ भन्न नमिल्ने जिकिर गर्छन्। 

विभागले चाडवाडअघि कुनै पनि हालतमा भाडा समायोजन गर्न नसकिने बताएको छ । सरकारले भाडा समायोजनका लागि समिति बनाएको र त्यसले काम गरिरहेकाले तत्कालै भाडा वृद्धि हुन नसक्ने विभागले जनाएको छ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।